भीरकोटमा यो साता

कार्तिक ०७, २०७८


भीरकोट खबर डेस्क, ७ कार्तिक २०७८
१) कोरोना महामारीका कारण प्रभावित बनेको १०-१९ वर्ष उमेर समुहका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड वितरण कार्यक्रम विद्यालयहरूमा पुन: सुरू।२)भीरकोटका इस्लाम धर्मावलम्वीहरुले पैगम्बर मोहम्मद सल्लल्लाहू अलैही वसल्लमको जन्म दिन अर्थात १४९६ औं मोहम्मद जन्मोत्सव हर्षोल्लासका साथ मनाए।३)बेमौसमी वर्षाका कारण भीरकोटमा धान तथा कोदोबालीमा क्षती, कृषकहरू मर्कामा।
४) ६ देखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने कार्यक्रम सुरू।
५)भाग्योदय माध्यमिक विद्यालयमा एकीकृत छात्रवृत्ति अक्षयकोष गठनको तयारी।
६)नेपाली काङ्ग्रेस भीरकोटको नयाँ पार्टी कार्यालय भीरकोट- २ सम्राट सदनमा सूचारू ; नेकपा एमाले भीरकोटको वडा अधिवेशनहरू सम्पन्न।
७) वैदेशिक रोजगारीबाट फर्केका विष्णु गोदार र सोनु खड्काको रू ३२ लाखको संयुक्त लगानीमा भीरकोट साबुन उद्योग संचालनमा,स्थानीय स्तरमै गुणस्तरीय लुगाधुने साबुन उत्पादन।