“अनिशा सहयोग अभियान” को पहिलो चरणको आर्थिक संकलन हस्तान्तरण ।

कार्तिक १८, २०७७


भीरकोट युवा आवाजको “अनिशा सहयोग अभियान”को पहिलो चरणमा उठेको रु १,५६,७७४ (अक्षरुपी एक लाख छपन्न हजार सात सय चौरहत्तर) भीरकोट नगरपालिकाका नगर प्रमूख श्री छायाराम खनाल ज्यूको उपस्थितिमा संस्थाका अध्यक्ष सुनिल अर्याल ज्यूलाई हस्तान्तरण कार्य सम्पन्न भएको र उक्त रकम अनिशाको बुवा शेर बहादुर अर्याल क्षेत्रीको बैंक खातामा पठाइएको छ ।



भीरकोट नगरपालिकाको परिधीभित्र रहेका लगाएत जिल्ला बाहिर तथा देश विदेशबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सबैमा हाम्रो टिमबाट हृदय देखिनै कृतज्ञता अर्पण गर्दछौँ । दोस्रो चरणमा COVID-19 को आवश्यक स्वास्थ्य मापदण्ड सहित हेल्प डेस्क (Help Desk) संचालन गर्ने तथा घरदैलो कार्यक्रम, E-Sewa, IME Pay लाई निरन्तरता दिनेछौँ र पहिलो चरणमा उठेको सम्पूर्ण सहयोगको विवरण सहित प्रतिबेदन छिट्टै नै यस पेज मार्फत र भीरकोट नगरपालिकाको कार्यालयमा पेस गर्ने छौँ !पक्कै पनि सबैको साथ र सहयोगले अनिशाले यो लडाई जित्नेछिन भन्नेमा हामी सबै आशावादी छौँ