काङ्ग्रेसका युवा नेताहरूको पहलमा स्वास्थ्य सामाग्री हस्तान्तरण

भदौ ३०, २०७८


भदौ ३०, भीरकोट खबर डेस्क,



नेपाली काङग्रेस भीरकोटका युवा नेता तथा जनप्रतिनिधिहरूको पहलमा स्याङ्जा जिल्लाका चार पालिकाहरूमा  स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ।भीरकोट ५ का वडा अध्यक्ष एंव नेपाली काङ्ग्रेस भीरकोट नगर सभापतिका उमेद्वार यामप्रसाद अधिकारी (लक्ष्मण), स्याङ्जा क्षेत्र नं.२ का महाधिवेसन उमेदवार इन्जिनियर दिपेन्द्र क्षेत्री र क्षेत्र नं. २ प्रदेश(क) का प्रदेश प्रधिनिधि उमेद्ववार राजकुमार गुरुङ्को पहलमा चार पालिकाका स्वास्थ्य संस्थामा स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो।युवा नेताहरूकै पहलमा स्वास्थ्य सेवा विभाग काठमाडौबाट प्राप्त भएको स्वास्थ्य सामाग्री भीरकोट नगरपालिकाका वडा नं ५ र ८, वालिङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र अर्जुनचौपारी गाउँपालिकालाई हस्तान्तरण गरिएको हो।



७ थान अक्सिजन सिलिण्डर, ६ थान कन्सनट्रेटर,  १००० थान गाउन सेट,४००० थान मास्क, २००० थान पञ्जा, २५ थान अक्सीमिटर, ५०० थान फेस सिल्ड,७ थान थर्मल गन,४० डिजिटल थर्ममिटर, १५०० सेट एन्टीजेन किट हस्तान्तरण गरिएको मुख्य पहलकर्ता यामप्रसाद अधिकारी (लक्ष्मणले) जानकारी दिनुभयो। कोभिड संक्रमण केही न्यून भए पनि जोखिम कायमै  रहेको हुँदा कोरोना विरूद्धको लडाइमा सफलता प्राप्त गर्न  सहज होस् भन्ने हेतुले स्वास्थ्य सामाग्रीको हस्तान्तरण गरिएको अधिकारीले बताउनु भयो।भीरकोट जेसिजले संचालन गरेको विपदमा हामी अभियानमा सहकार्य गरेर ५०० भन्दा बढी कोरोना संक्रमितलाई आफ्नै साधनमा निशुल्क यातायात सुविधा प्रदान गरेर लोकप्रिय बन्नुभएका अधिकारीले मानवताको सेवालाई पहिलो प्राथमिकता दिदैं आउनुभएको छ।