मांसाहारीको तुलनामा साकाहारीमा क्यान्सरको खतरा १५ प्रतिशत कम

असोज २१, २०७९


२१ भाद्र २०७९

संसारमा कयौं डाक्टर एवं हेल्थ एक्सपर्ट साकाहारी डाइटलाई समर्थन गर्छन् । यसले शरीरमा रक्तचाप र कोलेस्ट्रोलको स्तर सामान्य बनाउन सहयोग गर्छ । यो डाइटले हाइपरटेन्सन, मोटोपना र टाइप २ डाइबटिजजस्ता गम्भीर बिरामीबाट पनि टाढा राख्छ ।cहालै एक अनुसन्धानले साकाहारीमा मांसाहारीबीच क्यान्सरको जोखिमको तुलना गरिएको छ । यसलाई हालै विश्व क्यान्सर रिसर्च फण्ड, क्यान्सर रिसर्च युके एवं अक्सफोर्ड पपुलेसन हेल्थले बीएमसी मेडिकल जर्नलमा प्रकाशित गरेका छन् ।

बिज्ञापन
विज्ञापन
स्मार्ट अखबारद्वारा जनहितमा जारी सन्देश

अनुसन्धानमा ४ लाख ७२ हजार मानिसलाई सहभागी गराइएको थियो । उनीहरुको डाइट डाटा युकेको बायोबैंकबाट लिइएको थियो । मासु वा माछा खाने मानिसलाई अलग—अलग क्याटागोरीमा बाडिएको थियो । ती व्यक्तिहरुको ११.४ वर्षको डाइट प्याटर्न फ्लो गरिएको थियो ।

पहिलो समूहमा ती व्यक्ति थिए जो हप्ताको पाँच वा त्यो भन्दा बढी दिन ननभेज खान्थे । यी मानिसहरु रातो मासुदेखि चिकेनसम्म सबै प्रकारका ननभेज खान्थे । दोस्रो समूहमा ती मानिसहरु थिए, जो हप्तामा ५ दिन वा सोभन्दा कम मासु खान्थे । तेस्रो समूहमा ती मानिसहरुलाई राखिएको थियो, जो पेस्केटेरियन्स थिए, उनीहरु केवल माछा मात्रै खान्थे । चौथो र अन्तिम समूहमा यस्ता साकाहारी मानिसहरु राखिएको थियो, जसले कहिल्यै पनि ननभेज खाएका थिएनन् ।

अनुसन्धानबाट वैज्ञानिकहरुले यो पाए कि ननभेज खानेवाला मानिसहरुको तुलनामा कम ननभेज खाने वालामा कुनै पनि क्यान्सरको खतरा २ प्रतिशत कम हुन्छ । पेस्केटेरियन्समा यो खतरा १० प्रतिशत र साकाहारीमा १४ प्रतिशत कम हुन्छ । कम मासु खाने मानिसहरु कोलोन क्यान्सरको जोखिम पनि ९ प्रतिशत कम पाइएको थियो । साकाहारी महिलामा रजोनिवृत्ति पछि हुने स्तन क्यान्सरको खतरा १८ प्रतिशत कम भएको पाइयो । यसको कारण सामान्य तौललाई मान्न सकिन्छ । यसैगरी, मांसाहारीको तुलनामा पेस्केटेयिन्समा प्रोस्टेट क्यान्सरको खतरा २० प्रतिशत कम र साकाहारीमा ३१ प्रतिशत कम पाइएको थियो ।

(हेल्थ आवाजको सहयोगमा)