स्वास्थ्य शिविरबाट ११ हजार नागरिक लाभान्वित

पुष २८, २०८०


हिमाल न्यौपाने, गल्याङ

२८ पुस २०८०

ग्रामीण भेगमा बसोवास गदै आएका दुरदराजका महिला तथा जेष्ठ नागरीकलाई मध्यनजर गरी स्याङजाको गल्याङ नगरपालिकाले घुम्ती स्वास्थ्य शिविर सन्चालन गरेको छ । भौगोलीक बिकटताका कारण स्वास्थ्य उपचारमा अस्पताल जान नसक्ने नागरीकलाई पालिकाको प्रत्येक वडामा पुगेर स्वास्थ्य सेवा प्रदान गर्न थालिएको हो । जसले  गर्दा ग्रामीण क्षेत्रमा बस्ने नागरीकले स्वास्थ्यको सुबिधा वडावाटै पाएका हुन ।

नगरपालीकाले पालीका भित्रका ११ वटै वडामा घुम्ती शिबिर संन्चालन गरेको हो  । पालिकाको अधिकांश ग्रामीण बस्तीवाट उपचारका लागी बजार आउन निकै समस्या रहेको भन्दै महिला ,जेष्ठ नागरीक तथा गाईबस्तुमा देखिने समस्या, माटो परीक्षण तथा परामर्श  गाउमै गर्न पाउदा टाढा जानुपर्ने समस्याको समाधान भएको भन्दै स्थानीयहरु निकै खुशी भएका छन्  ।

 स्थानीय  माया खनाल र प्रमीला गैह्रेले गल्याङ, पाल्पा, बुटवल सम्म धाउनुपर्ने बाध्यता रहेकोमा गाउँमै स्वास्थ्य सेवा पाउँदा खुशी लागेको बताए l  टेकलाल खनालले गाउँमा सेवा पाउँदा यातायात खर्च लगायतका धेरै खर्च जोगिएको बताए l

नगरपालिकाले सन्चालन गरेको घुम्ति शिबिरमा बिषेशगरी महिलाको पाठेघर ,स्तन क्यान्सरको समस्या, भिडियो यक्सरे ,जेष्ठ नागरी,दिर्घ रोगको उपचार गरीएको हो । ३७ हजार ८ सय ९ जनसंख्या रहेको पालिकामा ११ हजार २ सय १७ जनाले सेवा लीएको पालिकाले जनाएको छ । पालीकाको ११ वटै वडाका सबै नागरिकलाई सहज हुने ठाउँको  छनोट गरी शिविर संचालन गरीएको थियो ।

साना समस्या घरमा भन्न नसक्दा  र रोग जटील भईसकेपछी उपचार गर्न जाँदा उपचार गर्न नसक्ने अबस्था नागरीकलाई आउन नदिन शिविर  आयोजना गरीएको गल्याङ नगरपालीका प्रमुख गुरु प्रसाद भट्टराईले बताए  । गल्याङ नगरपालीकाले जस्तै सबै स्थानीय सरकारहरूले  महिला, बालबालिका तथा जेष्ठ नागरीकको स्वास्थ्यमा देखिएका समस्या न्युनिकरणको गाउँगाउँमा सेवा प्रदान गर्ने हो    स्वास्थ्यमा देखिने सानो रोग पछि ठुलो हुदै जाँदा उपचार गर्न नसक्ने अबस्थाको समेत अन्त्य हुने देखिन्छ ।