खुशी

२०८० साउन ६ गते शनिबार

एकजना शिक्षकले १ सय जना विद्यार्थीलाई एउटा एउटा बेलुन दिनुभयो। उहाँले विद्यार्थीहरूलाई बेलुनमा हावा भरी आफ्नो नाम लेखेर कोठामा राख्न लगाउनुभयो। त्यसपछि उहाँले सबै बेलुनहरू मिसाउनुभयो। शिक्षकले भन्नुभयो, ” तिमीहरू सबैलाई आफ्नै बेलुन फेला पार्न ५ मिनेट दिइएको छ। ” सबैले आ आफ्नो बेलुन खोज्न थाले ।धेरै खोजी गर्दा पनि उनीहरूले आफ्नो नामको बेलुन भेटाउन सकेनन् ।

त्यसपछि, शिक्षकले विद्यार्थीहरूलाई आफूले फेला पारेको पहिलो बेलुन लिएर त्यसमा नाम लेखिएको व्यक्तिलाई दिन भन्नुभयो। ५ मिनेट भित्रै , सबैले आ आफ्नो नामको बेलुन प्राप्त गरे।
शिक्षकले विद्यार्थीहरूलाई भन्नुभयो , “यी बेलुनहरू खुसी जस्तै छन्। सबैले आफ्नो खुसी खोज्दा हामीले कहिल्यै फेला पार्न सक्दैनौं। तर यदि हामीले अरूको खुसीको ख्याल राख्यौं भने, हामीले हाम्रो पनि पाउन सक्छौं।”
स्रोत : सामाजिक संजाल