प्रधानमन्त्री दाहालले पाए विश्वासको मत

फागुन ३०, २०८०


२९ चैत्र २०८०,काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्डले) विश्वासको मत पाएका छन् । बुधबार विश्वासको मतको लागि भएको मतदानमा प्रधानमन्त्री प्रचण्डले बहुमत अर्थात् प्रतिनिधिसभाका १५७ जनाको समर्थन पाएका हुन् ।

प्रतिनिधिसभाका २६८ जनाले मतदान गरेका थिए । जसमध्ये ११० जनाले विपक्षमा मतदान गरेका थिए भने १ जना तटस्थ रहेका थिए ।

विश्वासको मतका लागि प्रचण्डले कम्तीमा १३८ मत पाउनुपर्थ्यो । उनलाई एमाले,रास्वपा, जसपा, नेकपा एस र नाउपाले समर्थन गरेका छन् ।प्रधानमन्त्री भएको १४ महिनाको अवधिमा प्रचण्डले तेश्रो पटक विश्वासको मत लिन लिएका हुन् ।