नगरलाई कृषि र पशुपालनमा आत्मनिर्भर बनाउँछु: नगर प्रमुख भट्टराई

पुष १७, २०७९


स्मार्ट संवाददाता , गल्याङ
१७ पुस २०७९

बिज्ञापन
विज्ञापन

गल्याङ नगरपालिकाका प्रमुख गुरु प्रसाद भट्टराईले नगरलाई कृषि र पशुपालनकामा आत्मनिर्भर बनाउने बताएका छ्न्। गल्याङ नगरलाई अनुसन्धान तथा हबका रुपमा विकास गर्ने अभियानका साथ आफू लागि परेको उनको भनाई छ। उनले कृषि र पशुपालनले नै मुलुक समृद्व बन्ने भएकाले गल्याङ नगरपालिकाले पनि कृषि र पशुपालनलाई प्राथमिकतामा रोखेर अगाडि बढेको  बताए।

शनिबार गल्याङ नगरपालिका वडा नं.२ बटुवा स्थित बटुवा दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको प्रथम वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्। नगर प्रमुख भट्टराईले भने, “गल्याङ नगरपालिकाले प्रतिलिटर दुधमा १५ रुपैयाँ अनुदान दिएको र पशुपालनका लागि विभिन्न अनुदानमा सामग्री कृषिमा बिऊ विजन तथा कृषि औजारमा समेत अनुदान प्रदान गर्ने गरेको छ।”

नगर प्रमुख भट्टराईले भने, ” कृषि पेसालाई सम्मान गर्दै कृषि कर्ममा लाग्ने कृषकलाई परम्परागत कृषि प्रणाली भन्दा पनि व्यवसायीक र आधुनिकीकरणमा अगाडि बढ्न आग्रह गर्दछु। यो अभियानमा मेरो र नगरको तर्फबाट साथ सहयोग रहने छ। कृषकले उत्पादन गरेका वस्तुको बजारीकरण तथा अनुदान प्रदान गर्ने , उन्नत जातका घाँस तथा भकारो सुधार, बीमा जस्ता विषयमा नगरपालिकाले साथ दिने छ।”

कार्यक्रममा गल्याङ नगरपालिका वडा नं.२ का वडा अध्यक्ष खर्ग बहादुर थापा(अशोक), गल्याङ नगरपालिका पशु सेवा शाखाका प्रमुख शुशिल अर्याल,नेल्टा केन्द्रीय उपाध्यक्ष छविलाल भट्टराई लगायतले शुभकामना मन्तव्य तथा पशुपालनका विषयमा बोलेका थिए। कार्यक्रममा संस्थाका अध्यक्ष भीम प्रसाद भण्डारीले अध्यक्षको प्रतिवेदन र संस्थाका आर्थिक प्रतिवेदन लेखा समिति संयोजक हिमलाल भण्डारीले ७६ लाख बराबरको प्रस्तुत गरेका थिए । सहकारीमा ८७ जना शेयर सदस्यहरु हुनुहुन्छ । बटुवा दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडका अध्यक्ष भीम प्रसाद भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य छविलाल भण्डारीले र कार्यक्रमको सञ्चालन संस्थाका सचिव डिल्लीराम भण्डारीले गरेका थिए।