छाँयाक्षेत्रमा गरिमाको क्युआर

बैशाख १४, २०८१


१४  वैशाख २०८१, शुक्रबार

स्याङ्जाको  प्रसिद्ध एवं पवित्र धार्मिक स्थल छाँयाक्षेत्र मन्दिरमा गरिमा विकास बैंकको क्युआर कोड राखिएको छ।

शुक्रबार बैंकको बयररघारी शाखाले छाङ्छाङ्दी छाँयाक्षेत्र मन्दिर व्यवस्थापन     समितिलाई QR Code प्रदान गरेको हो।

क्युआर कोड हस्तान्तरण कार्यक्रममा गरिमा विकास बैंक क्षेत्रीय कार्यालय वालिङका प्रमुख लेखनाथ भट्टराई , बयरघारी शाखा प्रमुख अर्विन अर्याल, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पिताम्बर श्रेष्ठ लगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

मन्दिर प्राङ्गणमा आयोजित एक कार्यक्रमका बिच  गरिमा विकास बैंक लिमिटेड बयरघारी शाखाले  छाङ्छाङ्दी छांँयाक्षेत्र शिव मन्दिर व्यवस्थापन समिति र १०८ जलधारा १०८ शिवलिङ्ग पूर्वाधार निर्माणको  QR Code Stand हस्तान्तरण गरेको थियो।

विपद् न्यूनीकरणका लागि स्मार्ट अखबारद्वारा जनहितमा जारी

गरिमाको क्युआर कोड भएसँगै १०८ जलधारा निर्माण र मन्दिरको विकासका निम्ति भक्तजनहरूले सहज तरिकाले दान गर्न पाउने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पिताम्बर श्रेष्ठले बताए। डिजिटल कारोबार बढ्दै गएको  परिप्रेक्ष्यमा मन्दिरमा दान गर्न चाहने भक्तजनलाई सहज बनाउन र नोटको जतन होस् भन्ने हेतुले क्युआर कोडको प्रयोगमा जोड दिइने मन्दिर व्यवस्थापनले जनाएको छ।