वनवासीको “गञ्जागोल” लोकार्पण

असोज १४, २०७९


स्मार्ट अखबार संवाददाता
१४ असोज २०७९

विज्ञापन
बिज्ञापन
विज्ञापन

वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६, स्याङ्जाको आयोजनामा आज स्याङ्जाको वालिङ, मिर्दीस्थित नेचुरल भ्यु प्वाइन्ट रेष्टुरेन्टको कक्षमा वरिष्ठ साहित्यकार देवीप्रसाद वनवासी नवीनतम कृति
” गञ्जागोल ” को लोकार्पण एवम् काव्य वाचन तथा शुभकामना आदानप्रदान कार्यक्रम – २०७९ सम्पन्न भएको छ ।

वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६, स्याङ्जाका संस्थापक युवाकवि वसन्त खनाल अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख आमन्त्रित व्यक्तित्वको रूपमा अग्रज साहित्यकार गुप्तबहादुर श्रेष्ठ रहनु भएको थियोे भने विशिष्ट आमन्त्रित व्यक्तित्वको रूपमा अग्रज साहित्यकारद्वय डा. अच्युतशरण अर्याल र श्री लेखनाथ काफ्ले रहनु भएको थियोे ।

वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६ स्याङ्जाका संस्थापक अभियन्ता युवाकवि युवराज सुवेदीद्वारा स्वागत मन्तव्य प्रस्तुत गरिएको कार्यक्रममा वनवासीका नाति देवेन्द्र रेग्मी, उपेन्द्रराज रेग्मी र नातिनी वेणुप्रिया रेग्मीद्वारा संयुक्त रूपमा ” गन्जागोल ” कृतिको लोकार्पण गरिएको थियोे ।
लोकार्पित कृति ” गञ्जागोल ” को बारेमा वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६, स्याङ्जाका संस्थापक अभियन्ता युवाकवि शम्भु अर्याल  समीक्षात्मक टिप्पणी प्रस्तुत गर्नुभएको थियोे ।

कार्यक्रममा अग्रज कवि व्यक्तित्वहरु नारायणप्रसाद रेग्मी, कमलप्रसाद बगाले, प्रेमप्रसाद सुवेदी, बोधराज न्यौपाने, दमकुमारी बगाले, पारिश्वर न्यौपाने, सीताराम अधिकारी, सागर काफ्ले, चन्द्र थापा ” साइलेन्स मुन “, इश्वरी बगाले, श्यामप्रसाद ढुंगाना, अव्यग्र अस्मित, अजित काफ्ले आदिले आफ्ना उत्कृष्ट काव्य रचनाहरु प्रस्तुत गर्नुभएको थियोे ।
कार्यक्रममा किशोर रेग्मी, सुदर्शन रेग्मी, सुमित्रा रेग्मी, विष्णु रेग्मी, मथुरा रेग्मी, उपेन्द्र रेग्मी, देवेन्द्र रेग्मी, युवा आख्यानकार परिवर्तन तिवारी, शान्ता रेग्मी लगायतका महानुभावहरु समुपस्थित रहनु भएको थियोे ।कार्यक्रमको संचालन वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६, स्याङ्जाका संस्थापक युवाकवि मिलन समीरद्वारा गरिएको थियोे ।