आधारभूत प्राथमिक उपचार तालिम सम्पन्न

असार १९, २०७९


स्मार्ट अखबार संवाददाता
१९ असार २०७९

युवा रेडक्रस सर्कल वालिङ् बहुमुखी क्याम्पसको आयोजना र नेपाल रेडक्रस सोसाइटि स्याङ्जाको सहयोगमा आधारभुत प्राथमिक उपचार तालिम सम्पन्न भएको छ।

घाईते वा बिरामीलाई तत्काल उपलब्ध स्थानीय साधन र स्रोतहरुको प्रयोग गरी सुरक्षा नियमका आधारमा दक्ष चिकित्सा सेवा प्राप्त नहुँदासम्म अवस्था बिग्रनबाट जोगाउने उद्देश्यले नेपाल रेडक्रस सोसाईटि जिल्ला शाखाकोे समन्वयमा प्राथमिक उपचार सम्बन्धी २ दिने आधारभुत तालिम सम्पन्न गरिएको हो । प्राथमिक उपचार सम्बन्धी तालिमलाई नेपाल रेडक्रस सोसाईटि स्याङ्जा जिल्ला शाखाका सभापति एवं कार्यक्रमका प्रमुख दिनेश अर्याल, प्रशिक्षक वास अधिकृत घनश्याम पाैडेल र लेखा कर्मचारी मित्र लम्साल सहजिकिकरण गर्नु भएको थियो

तालिममा प्राथमिक उपचार, बिरामीको जाँच योजना, कृत्रिम स्वासप्रस्वास प्रक्रिया, चोटपटक, घाउ लगायतका अन्य प्रकोपमा प्राथमिक उपचार र रोकथामको तालिम प्रदान गरिएको जानकारी आयोजकले जनाएको छ ।प्राथमिक उपचार सम्बन्धी व्यवहारिक र प्रयोगात्मक तालिमले समाजमा प्राथमिक उपचार गर्न सहयोग गर्ने रेडक्रस सोसाइटि स्याङ्जाका उपमन्त्री खगेन्द्र अर्यालले बताउनुभयो । २ दिन चलेको उक्त तालिममा ७ विद्यालयका २८ जना विद्यार्थी ५ जना शिक्षक गरि ३३ जनाको सहभागिता रहेको थियो ।

सहभागी विद्यार्थीहरुले प्राथमिक उपचारको सिप अत्यन्तै महत्त्वपूर्ण र प्रभावकारी रहेको र आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरु संचालन गर्ने वालिङ बहुमुखि क्याम्पस प्रमुख सचिननान्द यादबले बताउनुभयो । युवा रेडक्रस सर्कल वलिङ् बहुमुखि क्याम्पसका सभापति मिलन अर्यालले प्राथमिक उपचार तालिमले विपद् व्यवस्थापन गर्न र दुर्घटनाको समयमा घाइतेको ज्यान जोगाउन एकदमै उपयोगी रहेको बताउनुभयो।कार्यक्रममा स्वागत तथा कार्यक्रमको उद्देश्य माथि प्रकाश शिक्षक नायक एवं जुनियर रेडक्रस युथ सर्कलका जिल्ला समंयोजक विष्णु सुवेदी गैह्रेले गर्नु भएको थियो भने कार्यक्रममा सहभागीको तर्फ बाट प्रतिक्षा घले र प्रशिक्षकको तर्फबाट घनश्याम पाैडेलज्यूले मन्तब्य राख्नु भएको थियो।कार्यक्रमको संचालन एवं सहजीकरण हरि रेग्मीले गर्नु भएको थियो।