भीरकोटमा अनलाइन/अफलाइनमा आधारीत वैकल्पिक सिकाइ परीक्षण कार्यक्रम सम्पन्न।
भदौ ५, नारायण प्रसाद कोइराला
गण्डकी प्रदेश सरकारका शिक्षा, संस्कृति, विज्ञान,प्रविधि तथा सामाजिक विकाश मन्त्री मेखलाल श्रेष्ठ ज्यूले कोभिड-१९ ले विद्यालयमा भौतिक उपस्थितिमा अध्ययन गर्न नसकेका र अनलाइन कक्षाको पहुच नभएका विद्यार्थीहरुलाई अनलाइन/अफलाइनमा आधारीत वैकल्पिक सिकाइ परीक्षण कार्यक्रम भीरकोट २ स्थित दहथुम मा.वि. बाट शुरु गरेका छन्।
भीरकोटको दहथुम मा.वि.मा गण्डकी प्रदेशमानै पहिलो पटक अनलाइन/अफलाइन मोबाइल एप्लिकेसनको माध्यमबाट बिद्यार्थीहरुको सिकाईलाई निरन्तरता दिने कार्यक्रमको Demonstration सम्पन्न भएको हो। डेस्कटप/ल्यापटप तथा मोबाइल एप्सको माध्यमबाट प्रयोग गर्ने सकिने उक्त एप प्रज्ञान दृस्टी एजुकेसन प्रा.लि.को प्राविधिक सहयोग र गण्डकी प्रदेश सरकारका शिक्षा,संस्कृति,विज्ञान,प्रविधि तथा सामाजिक बिकाश मन्त्रलाय गण्डकी प्रदेशको समन्वयमा निर्माण भएको हो। गुगल प्ले स्टोरमा गई eguru नामको एप्स डाउनलोड गरि सेवा प्रदायकबाट प्राप्त License Key को प्रयोग गरि भिडियो सामाग्रीहरु मोबाइल तथा डेस्लोकटप/ल्यापटपमा लोड गर्न सकिन्छ l हाललाई यो एप्स दहथुम मा.वि.का ४० जना बिद्यार्थी/अभिभावकहरुको मोबाइलमा install गरि डेमोको सुरुवात गरिएको हो। हाल Demo भर्जनमा रहेको यस एप भदौ महिनाको अन्तिमसम्ममा पूर्ण रुपमा संचलानमा आउनेछ र गण्डकी प्रदेशका सम्पूर्ण बिद्यालयमा यो सेवा पुग्नेछ।
आज सम्पन भएको उक्त कार्यक्रममा पत्रकार, सुरक्षाकर्मी, वि.ब्य.स.तथा शिक्षक अभिभावक संघका पदाधिकारी, अभिभावक ज्यूहरु, शिक्षक, कर्मचारी तथा बिद्यार्थी लगायतको उपस्थिति रहेको थियो।