आठराइ र ओएसिस पब्लिकेशनलाई कारबाही

बैशाख २३, २०८०


स्मार्ट संवाददाता
२३ वैशाख २०८०

पाठ्यक्रम विकास केन्द्रले आठराई पब्लिकेशन र ओएसिस पब्लिकेसलाई कारबाही गरेको छ। आठराई पब्लिकेशनले प्रकाशन गरेको ५ कक्षाको रसिलो नेपाली किताबमा स्वीकृत मापदण्डलाई लत्याएर पुरानै पाठ्यक्रम समावेश गरि प्रकाशन गरेकाले कारबाही गरिएको पाठ्यक्रम विकास केन्द्रले जनाएको छ । यसैगरी ओएसिस पब्लिकेसनले प्रकाशन गरेको कक्षा ५ को Wonder English किताबमा पाठ्यक्रम विकास केन्द्रबाट स्वीकृति नलिइ लिएको भनी उल्लेख गरेको पाइएको छ। कक्षा ४,६ र ७ को English Skill र Wonder English किताब पनि स्वीकृत गरिएको भन्दा फरक पारी पुरानै पाठ्यसामग्री प्रकाशन गरिएकाले कारबाही गरी दुबै पब्लिकेसका उक्त किताबहरूको स्वीकृति रद्द गरिएको पाठ्यक्रम विकास केन्द्रले जनाएको छ।

बिज्ञापन

कारबाही गरिएका पब्लिकेसनका स्वीकृति रद्द भएका पाठ्यपुस्तक बिक्रीवितरण र पठनपाठन नगराउन र बिक्रीवितरण भएका पुस्तक फिर्ता लिन समेत पाठ्यक्रम विकास केन्द्रले निर्देशन दिएको छ। पाठ्यक्रम विकास केन्द्रले प्रदान गर्ने स्वीकृति पत्रको दुरुपयोग गरी शिक्षक, विद्यार्थी र अभिभावकलाई समेत गुमराहमा राख्दै विद्यार्थीको भविष्यमाथि गम्भीर खेलवाड भएकाले पाठ्यसामाग्री विकास तथा वितरण निर्देशिका, २०७९ बमोजिम कारबाही गरिएको केन्द्रका शाखा अधिकृत तारा पाण्डे तिवारीले जानकारी दिएकी छ्न्।