विद्यालयको सांकेतिक तस्विर

स्मार्ट सम्वाददाता, वालिङ

२२ असोज २०८०, सोमबार

 

स्याङ्जाको वालिङ नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक  गुणस्तर सुधार गर्न खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक चयन गर्ने निर्णय गरेको छ ।

नगरभित्रका आधारभूत तह ८ वटा र माध्यमिक तह तर्फ १६ वटा गरी २४ वटा सामुदायिक विद्यालयमा खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक चयन गर्ने निर्णय गरेको हो । पहिले चरणमा आधारभूत तह कक्षा १–८ सञ्चालित सबै विद्यालय र माध्यमिक तर्फ ८ वटा विद्यालयमा खुल्ला प्रतिस्पर्धा गराइने नगरप्रमुख कृष्ण खाँणले जानकारी दिए । पछिल्लो समय सामुदायिक विद्यालयको शैक्षिक स्तर खस्किँदै गएको गुनासो आउन थालेको भन्दै पालिकाले यस्तो निर्णय गरेको जनाएको छ । 

शैक्षिक गुणस्तरलाई सुधार गर्नका लागि नगरपालिकाले योग्यता र क्षमताका आधारमा प्रतिस्पर्धाबाट प्रधानाध्यापक चयन गर्ने निर्णय गरेको नगर प्रमुख खाँणले बताए  । यस्तै सबै सरकारी कर्मचारी, जनप्रतिनिधि र सामुदायिक विद्यालयका शिक्षक शिक्षिकाहरूले पनि आफ्ना बालबच्चालाई सामुदायिक विद्यालयमा पढाउने गरी वालिङ नगरपालिकाले अनुरोध गरेको छ ।

नगरपालिका भित्रका शिक्षकहरुले आधारभूत तहमा शिक्षा शास्त्र विषयमा कम्तीमा स्नातक र माध्यमिक तहमा कम्तीमा ५ वर्ष स्थायी सेवा गरेको र स्नातकोत्तर पास गरेको अथवा १० वर्ष स्थायी सेवा र स्नातक गरेको शिक्षक प्रधानाध्यापक हुने कानुनी व्यवस्था रहेको उपप्रमुख कविता तिवारीले जानकारी दिईन् l

  ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here