बजारमा नक्कली रिचार्ज कार्ड, सतर्क रहन टेलिकमको आग्रह

फागुन २९, २०७८


२९ फागुन २०७८


नेपाल टेलिकमले बजारमा नक्कली रिचार्ज कार्ड बिक्री भइरहेको पाइरहेकाले सचेत रहन आग्रह गरेको छ ।

पछिल्लो समय विभिन्न नामबाट नेपाल टेलिकमका सेवासमेत रिचार्ज हुने भनी अनधिकृत रिचार्ज कार्ड बिक्री भइरहेको जानकारी आएकाले सतर्क रहन कम्पनीले आग्रह गरेको हो ।

टेलिकमले आफ्ना विभिन्न सेवाहरू जस्तै ल्यान्डलाइन, मोबाइल, एनटी फाइबर आदिको रिचार्ज तथा बिल भुक्तानी गर्न नमस्ते रिचार्ज कार्ड ब्रान्डमा रिचार्ज कार्ड उपलब्ध गराइरहेको छ ।

टेलिकमले कागजमा प्रिन्ट भई आउने नमस्ते रिचार्ज कार्डको अतिरिक्त ई-पिन तथा एमपोस मार्फत मार्फत समेत रिचार्ज सेवा उपलब्ध गराइरहेको छ ।

एक सूचना जारी गर्दै टेलिकमले आफ्नाे आधिकारिक रिचार्ज कार्ड मात्र प्रयोग गर्न आग्रह गरेको छ ।



-टेकपाना