शहिद दिवसको अवसरमा दीप प्रज्वलन

माघ १६, २०७८


माघ १६, वालिङ

शहिद दिवसको अवसरमा विश्व हिन्दू युवा संघ स्याङ्जाले वालिङमा दीप प्रज्जवलन कार्यक्रम सम्पन्न गरेको छ। दीप प्रज्जवलन कार्यक्रममा बोल्दै विश्व हिन्दू युवा संघका केन्द्रीय सदस्य डण्डपानी पंगेनीले सहिदको सपना पुरा गर्ने समय आएको र सहिदको सपना पूरा गर्न सबै सचेत नागरिक  एक भएर लाग्नु पर्ने कुरा व्यक्त गर्नु भएको थियो। कार्यक्रममा युवा समाजसेवी अहमद अलि,आशिष प्रताप खाँण, सिताराम अधिकारी, ध्रुव पंगेनी लगायतले मन्तब्य राख्नु भएको थियो । विश्व हिन्दु युवा संघ स्याङ्जाका जिल्ला अध्यक्ष नबराज पौडेलको अध्यक्षतामा सम्पन्न भएको दीप प्रज्जवलन कार्यक्रमको सञ्चालन विश्व हिन्दु युवा संघ स्याङ्जाका जिल्ला सदस्य कुशल बस्यालले गर्नुभएको थियो ।

विश्व हिन्दू युवा संघ स्याङ्जाले विद्यालय तहमा नैतिक शिक्षा लागू गर्न राखेको माग  गण्डकी प्रदेशले शिक्षा नीतिमा समावेश गरिसकेको छ। स्याङ्जा जिल्लाका ११ पालिकामा संस्कृत पुस्तकालय निर्माण गर्ने अभियान साथ हिन्दु युवा संघ अगाडि बढेको छ।