गाईको धार्मिक र आयुर्वेद क्षेत्रमा महत्त्व

भदौ १५, २०८०


नवराज पौडेल
१४ भाद्र २०८०

नेपाल बहुजातीय, बहुभाषीक, बहुधार्मिक, बहुसाँस्कृतिक देश हो । यहाँ धेरै जात जाती धर्म मन्ने मान्छे बस्छ्न्। सदियौं देखि भाईचाराको सम्बन्ध छ। तर पछिल्लो समय विदेशीहरुको इसारामा हाम्रा कला, संस्कृति माथि प्रहार भैराखेका छ्न । त्यसले गर्दा हाम्रो राष्ट्रियता नै खतरामा परेको छ।

नेपाल ९४% ओमकार परिवार बस्ने साझा घर हो । यहाँ विभिन्न जातजातिका मानिसहरु बस्ने गर्छन् ।पछिल्लो समय हामीलाई फटालेर विदेशी शक्तिहरुले नेपाललाई रणभुमिमा परिणत गर्न खोज्दै छ्न् । त्यसको पछिल्लो उदाहरण हो धरान घटना । गाईलाई हिन्दुहरुले माताको रुपमा पुज्ने गर्छ्न् । गाई नेपालको राष्ट्रिय जनावर हो । राष्ट्रिय जनावर भनेको कुनै एउटा समाज समुदायको मात्र होइन यो त सबै नेपालीहरुको राष्ट्रिय जनावर हो ।

त्यसकारण गौ हत्या कुनै नेपालीलाई पनि सैह्य हुँदैन र हुने पनि छैन । त्यसकारण गाईलाई हामिले संरक्षण गर्नुपर्छ । गाईको दूध, मुत्र, मल आयुर्वेदमा प्रयोग गर्ने ३६ हजार सुत्र छ्न् जसले गर्दा हामीले विभिन्न उपचार विधि मा प्रयोग गर्न सकिन्छ । पन्चगब्यको पनि छुट्टै महत्त्व छ । गौमुत्रबाट प्रेसर, सुगर, क्यान्सर जस्ता रोगलाई प्ररास्त गर्न सकिन्छ । गाईको दूधमा कम फ्याट हुन्छ जसले गर्दा सबैलाई हित गर्छ । गाईलाई हामीले दिनको १०/ १५ मिनेट मुसार्यो भने मात्र पनि छुट्टै उर्जा प्राप्त हुन्छ ।

जनस्वास्थ्यका लागि स्मार्ट अखबारद्वारा जनहितमा जारी

गाईको मल बन्जर जग्गामा प्रयोग गरियो भने त्यो जग्गामा हराभरा हुने गर्छ, गाइले रुख बिरुवाको पात खायो भने पनि त्यो हागा/बिरुवा राम्रो सँग पलाउने गर्छ । गाई मात्र यस्तो प्राणी हो जसले अक्सिजन ग्रहण गरेर अक्सिजन नै वातावरणमा फाल्छ । गाईको दूधले बाट रेडियो विकरणबाट रक्षा गर्दछ । गाईको एक तोला घ्युबाट यज्ञ गर्दा १६०० किलो अक्सिजन निस्कन्छ । गाईको दुधमा केरोटिन हुन्छ जसले आँखामा फाइदा पुर्‍याउँदछ । गाईको मुत्रमा २४ ओटा धातु प्राप्त गर्न सकिन्छ जसले गर्दा उर्वरा शक्ति बढाउन र हामीले सेवन गर्दा पनि धेरै फाइदा पुर्याउँदछ ।

गाईको गोबरबाट हैजाका किटाणुहरु मर्छन् । गोबरबाट दाद, लुतो, खटिरा जस्ता छालामा देखिने समस्या पनि हटेर जान्छ्न् । गाईले दुध दिने बेलामा लेक्टोस भन्ने पदार्थ दिन्छ जसले गर्दा हृदय रोगलाई ठिक गर्दछ । गाईका बाच्छा बाच्छीहरु कराउँदा निस्कने आवाजबाट हामीमा नकारात्मक कुराहरु हटेर जान्छ्न् र मनलाई आनन्द बनाउदँछ ।

अमेरिकाको क्यालिफोर्निया राज्यको जङलमा ४ हजार ५ सय नेपाली गाईलाई त्यहाँ लगेर अनुसन्धान गरिदै छ किनभने उनिहरुले नेपाली गाईको महत्त्व बुझेर विभिन्न अनुसन्धान गर्दै छ्न् तर हामी नेपालीले कहिले बुझ्ने ? यी कुरालाई हामीले बुझ्दा सम्म धेरै ढिला भैसक्ने छ।त्यसकारण अब हामी उठ्न पर्ने अवस्था आएको छ । गाईको मासु मिठो लाग्यो भनेर खान पाईदैन । गाईलाई संसारको माताको रुपमा पुज्ने बेला हो । राष्ट्रिय जनावरलाई कुनै पनि देशमा हत्या गर्न पाईदैन । नेपालमा गौहत्या गर्नेलाई कडा भन्दा कडा कारबाही गर्नुपर्छ।
(लेखक विश्व हिन्दु युवा संघ, स्याङ्जाका अध्यक्ष हुन्।)