उत्तरवाहिनीमा ” धर्म र विज्ञानको सद्भाव” विषयक अन्तर्राष्ट्रिय सम्मेलन 

पुष १३, २०८०


स्मार्ट संवाददाता, गल्याङ
२०८० पुस १३, शुक्रबार 

स्याङ्जाको कालिगण्डकी ज्ञान विज्ञान प्रतिष्ठानको पहलमा २ दिवसीय “धर्म र विज्ञानको सद्भाव” विषयक अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ। ज्ञान र विज्ञानको संयोगले नै वास्तविक ज्ञान अनुभूत गर्न सकिन्छ भन्ने मान्यतासहित आधुनिक र वैज्ञानिक गुरुकुल संचालन गरिरहेको कालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठान स्याङ्जा र भारतको श्री चैतन्य सारस्वत सभाको संयुक्त आयोजनामा “धर्म र विज्ञानको सद्भाव” विषयक दुई दिने अन्तर्राष्ट्रिय सेमिनारको आयोजना भएको हो  । सो सेमिनारमा नेपाल र नेपाल बाहिरका गरी १८ वटा प्राज्ञिक कार्यपत्र प्रस्तुत गरिएको थियो । २०८० पौष ९ र १० गते सन्चालन भएको सेमिनारमा नेपाल, भारत, बेलायत, नर्बे, अमेरिका लगायत देशबाट प्रत्यक्ष र भर्चुअल प्रस्तुति भएका थिए ।

स्याङ्जा र पाल्पा जिल्लाका धार्मिक, राजनीतिक  तथा बौद्धिक वर्गको राम्रो उपस्थिति रहेको सो कार्यक्रममा स्याङ्जा पाल्पाका विभिन्न विद्यालयमा पढ्दै गरेका युवा विद्यार्थीहरू तथा विज्ञान शिक्षकहरूको पनि उपस्थिति रहेको थियो । अहिलेका नयाँ पुस्ताले धर्मलाई बेवास्ता गर्ने क्रम बढेको र हाम्रा गौरवशाली परम्पराहरू बिर्सँदै गएको सन्दर्भमा यस कार्यक्रमले विद्यार्थीहरूलाई सकारात्मक सन्देश प्रदान गरी हाम्रो धर्म र धार्मिक ग्रन्थका वैज्ञानिक पक्षबारे जानकारी गराएको आयोजक कालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठानका अध्यक्ष चैतन्यकृष्णले बताए । सो सेमिनारमा निम्न कार्यपत्र प्रस्तोता तथा बौद्धिक वर्गको उपस्थिति रहेको थियो :

१) भरत गिरी, सामाजिक, धार्मिक जागरण अभियन्ता

२) प्रा.डा. मोहन खरेल – बायो टेक्नोलोजी विभाग (त्रिवि, निवृत्त)

३) डा. जनार्दन ढुङाना – पूर्व प्रमुख, केन्द्रीय पुस्तकालय

४) रामप्रसाद अर्याल – प्राध्यापक, पोखरा विश्वविद्यालय, Social Work

५) प्रा.डा. रजनी मल्ल – पूर्व विभागीय प्रमुख, बायो टेक्नोलोजी विभाग

६) सुरज चन्द – PHD अनुसन्धानरत ( बायो टेक्नोलोजी)

७) डा. भक्ति निष्काम सन्त महाराज – (विशिष्ट वैज्ञानिक, भारत )

८) डा . श्रीवासदास  ब्रह्मचारी प्रभुजी -नर्सिंह धाम पिठाधीस  (Phisycs PHD )

९) डा. चिरञ्जीवी शर्मा – वेद भवन महाविद्यालयका निवृत्त प्राचार्य

१०) डा.  नारायण देव बाबा – गन्डकी सभ्यतामा विद्यावारिधि

११) वासुदेव काफ्ले – नेपाल सरकारका सहसचिव

१२) डा तुलसी प्रभास खनाल – संस्कृतिविद्

१३)डा. विद्यानाथ कोइराला

१४)डा. भगवान् कोइराला

१४) प्रा. डा. माधव पोखरेल

१६) प्रा.डा. विशाल सिटौला

१७) डा. दामोदर रेग्मी

१८) डा. हरिचन्द्र कमली

१९) टीकाराम यात्री

२०) राजेन्द्र बानियाँ

२१) शालिक सुवेदी

२२) दिनकर नेपाल

२३) बुद्धिसागर बस्याल

२४) शङ्कर प्रसाद पाण्डे

२५) सोमनाथ न्यौपाने

२६) विवेक बस्याल

सो सेमिनारमा पहिलो दिनमा भारतका विशिष्ट  वैज्ञानिक डा भक्ति निष्काम सन्त महाराज र दोश्रो दिनमा नेपालका वैज्ञानिक  ऋषि डा.  श्रीवासदास ब्रम्हचारी   प्रमुख  वक्ताका रूपमा थिए।  सेमिनारमा प्रस्तुत भएका सबै कार्यपत्र र यस अघि भएका अन्य सेमिनारका सबै कार्यपत्रलाई सम्पादन गरेर छिट्टै अनुसन्धान जर्नल प्रकाशित गरिने कुरा डा. तुलसीराम खनालले स्मार्ट अखबारलाई बताए ।