स्याङ्जामा लागू औषध सहित १ जना पक्राउ

असोज २२, २०८०


स्मार्ट संवाददाता, स्याङ्जा 

२२ असोज २०८०

स्याङ्जामा लागू औषध सहित एक जना पक्राउ परेका छन्। सिद्धार्थ राजमार्गमा सवारी चेकजाँच गर्ने क्रममा अस्थायी प्रहरी पोष्ट राम्दीबाट खटिएको टोलीले काठमाण्डौं बौद्ध बस्ने बर्ष २९ को दोर्जे लामालाई प्रहरीले लागू औषध सहित पक्राउ गरेको हो  ।

जनस्वास्थ्यका लागि स्मार्ट अखबारद्वारा जनहितमा जारी

बुटवलबाट पोखरा तर्फ आउँदै गरेको ग.१ख. ९८६२ नम्बरको बसमा सवार लामाको  साथबाट डाईजेपाम २८ एम्पुल, नुफिम ४८ एम्पुल र फेनरागन ४८ एम्पुल बरामद गरिएको प्रहरीले जनाएको छ। लागू औषध सहित पक्राउ परेका दोर्जेलाई प्रहरी  नियन्त्रणमा लिइएको र  थप अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक रविन्द्र खनालले जानकारी दिए।

विज्ञापन