स्मार्ट अखबार संवाददाता
२१ असोज २०७९

विज्ञापन

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि नेकपा एमाले स्याङ्जाले उम्मेदवारहरूको चयन गरेको छ। सर्वसम्मत तरिकाले उम्मेदवारहरूको चयन गरिएको पार्टीले जनाएको छ।

पार्टी स्रोतका अनुसार प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं १ मा नारायण मरासिनी र क्षेत्र नं २ मा पदमा कुमारी अर्यालले उम्मेदवारी दिनुहुने छ। मरासिनी पार्टीको प्रदेश कमिटी सचिवालय सदस्य हुनुहुन्छ। अघिल्लो निर्वाचनमा उहाँले नेपाली काँग्रेसका वर्तमान जिल्ला सभापति राजु थापालाई पराजित गर्नुभएको थियो। पदमा कुमारी अर्याल पार्टीको केन्द्रीय सचिव हुनुहुन्छ। अघिल्लो प्रतिनिधि सभाको चुनावमा मरासिनीले क्षेत्र नं १ र अर्यालले क्षेत्र नं २ बाट निर्वाचन जित्नुभएको थियो।अर्यालले नेपाली काँग्रेसका तत्कालीन उपसभापति एवं प्रभावशाली नेता गोपालमान श्रेष्ठलाई पराजित गर्नुभएको थियो।

यसैगरी स्याङ्जाको क्षेत्र नं १ प्रदेश क मा मीन गुरुङ र ख मा सुधीर कुमार पौडेललाई उम्मेदवार बनाइएको छ। गुरूङ अघिल्लो निर्वाचनमा प्रदेश १ ख बाट निर्वाचित हुनुभएको थियो भने पौडेल आँधीखोला गाउँपालिकाका निवर्तमान अध्यक्ष हुनुहुन्छ। उहाँहरू दुबै पार्टीको गण्डकी प्रदेश कमिटीको सचिवालय सदस्य हुनुहुन्छ। क्षेत्र नं २ को प्रदेश क मा मोहन रेग्मी र ख मा  डा. बुद्धिमान श्रेष्ठलाई उम्मेदवार बनाइएको पार्टी स्रोतले जानकारी दियो। रेग्मी निवर्तमान प्रदेश सभा सदस्य एवं पार्टीको गण्डकी प्रदेश कमिटीका उपाध्यक्ष हुनुहुन्छ। यसैगरी डा. श्रेष्ठ पार्टीको प्रदेश कमिटी सचिवालय सदस्य हुनुहुन्छ। उहाँ अघिल्लो निर्वाचनमा चापाकोट नगरपालिकाको मेयर पदमा उपविजेता बन्नुभएको थियो।

बिज्ञापन

नेपाली काँग्रेसले भने गठबन्धनको किचलोको कारण अझै उम्मेदवारहरूको टुंगो लगाउन सकेको छैन्।यद्यपि स्याङ्जा क्षेत्र नं १ मा राजु थापा र क्षेत्र नं २ मा धनराज गुरूङको उम्मेदवारी लगभग पक्का भएको तर प्रदेशको अझै टुंगो नलागेको पार्टी स्रोतले जानकारी दियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here