नेकपा एमाले स्याङ्जाको ११ वटै पालिकाको अधिवेशन सम्पन्न

कार्तिक १२, २०७८


भीरकोट खबर डेस्क, १२ कार्तिक २०७८





आज वालिङ् नगरपालिकामा सहमती जुटे सँगै नेकपा (एमाले )स्याङ्जाका ११ वटै पालिकाहरूमा नगर अधिवेशन सभ्य र भव्य रूपमा सम्पन्न भएको छ।

वालिङ नगरपालिकाको प्रथम अधिवेशबाट अध्यक्षमा शोभाकान्त पौडेल, उपाध्यक्षमा श्यामकृष्ण श्रेष्ठ, सचिवमा यामकान्त खनाल, उपसचिवमा पिताम्बर खनाल (शुसिल) र उमेश दर्लामी सर्वसम्मत निर्वाचित हुनुभएको छ।

नेकपा (एमाले ) पुतलीबजारको प्रथम अधिवेशनबाट अध्यक्षमा भरत गोदार , उपाध्यक्षमा शोभित के.सी., सचिवमा अमृत नेपाली, उपसचिवमा लक्ष्मी थापा मगर र बिद्या भट्टराई मरासिनी सर्वसम्मत निर्वाचित हुनुभएको छ।

नेकपा (एमाले ) फेदीखोला गाउँपालिकाको प्रथम अधिवेशनबाट सर्वसम्मत अध्यक्षमा घनश्याम सुवेदी, उपाध्यक्षमा दुर्गादत्त शर्मा, सचिवमा हर्क बहादुर कार्की, उपसचिवमा डिबी मिजार र चेतन शर्मा सर्वसम्मत निर्वाचित हुनुभएको छ।

नेकपा (एमाले ) कालिगण्डकी गाउँपालिकाको अधिवेशनबाट अध्यक्षमा कृष्ण बहादुर लामिछाने, उपाध्यक्षमा ईन्द्र थापा मगर, सचिव एक नारायण न्यौपाने (प्रकाश), उपसचिवमा सुलोचना पाण्डे र कृष्ण प्रसाद भट्टराई सर्वसम्मत निर्वाचित हुनुभएको छ।

नेकपा (एमाले ) चापाकोट नगरपालिकाको प्रथम अधिवेशनबाट अध्यक्षमा राजु कोइराला , उपाध्यक्षमा शंकरभक्त भण्डारी, सचिवमा राजु भट्टराई , उपसचिवमा शेसकान्त भण्डारी र गोबर्धन सर्वसम्मत निर्वाचित हुनुभएको छ।

नेकपा (एमाले ) बिरुवा गाउपालिकाको प्रथम अधिवेशनबाट अध्यक्षमा प्रकाश थापा मगर , उपाध्यक्ष कल्याण कुमार पोखरेल, सचिवमा गोपाल कोइराला, उपसचिव नबिन आले र सितलजङ केसी निर्वाचित हुनुभएको छ।

नेकपा (एमाले)आँधिखोला गाउँपालिकाको प्रथम अधिवेशनबाट अध्यक्षमा सिहं बहादुर क्षेत्री, उपाध्यक्षमा लोक प्रसाद ढकाल, सचिवमा शिव पैाडेल, उपसचिवमा सीता नेपाली र भक्त बहादुर के सि सर्वसम्मत निर्वचित हुनुभएको छ।

नेकपा एमाले (भीरकोट) नगरपालिकाको प्रथम अधिवेशनबाट अध्यक्षमा बिश्वनाथ अर्याल , उपाध्यक्षमा मिठु अधिकारी, सचिवमा गोकुल अधिकारी, उपसचिवमा पर्बत खाम्चामगर र केशरजङ अधिकारी सर्वसम्मत निर्वाचित हुनुभएको छ।

नेकपा (एमाले) अर्जुनचौपारी गाउँपालिकाको प्रथम अधिवेशनबाट अध्यक्षमा मोहन बहादुर अधिकारी , उपाध्यक्षमा चक्र बहादुर गुरुङ, सचिव टिकाराम खनाल, उपसचिवमा नारायण ढकाल सर्वसम्मत निर्वाचित हुनुभएको छ।

नेकपा (एमाले) गल्याङ नगरपालिकाको प्रथम अधिवेशनबाट अध्यक्षमा दान बहादुर थापा, उपाध्यक्षमा घनश्याम भट्टराई, सचिवमा राजेन्द्र खनाल, उपसचिवमा क भेमला बराल र शशीकुमार सर्वसम्मत निर्वाचित हुनुभएको छ।

नेकपा (एमाले) हरिनास गाउँपालिकाको प्रथम अधिवेशनबाट अध्यक्षमा खिम नारायण मानान्धर, उपाध्यक्षमा ओम प्रसाद सिग्देल, सचिवमा ईन्द्र रुचाल, उपसचिवमा प्रशुराम लम्साल र चिन्तामणी शर्मा सर्वसम्मत निर्वाचित हुनुभएको छ।