भीरकोट नगर प्रमुखमा कोरोना पोजेटिभ ।

मङि्सर १४, २०७७


भीरकोट नगरपालिकाका नगर प्रमुख छायाराम खनाललाई कोरोना पोजेटिभ देखिएको छ । केही दिन अगाडी सामान्य रुघाखोकी लागेका नगर प्रमुख खनाललाई चेकजाँच पश्चात आज कोरोना पोजेटिभ देखिएको हो । विगतका केही वर्ष अगाडी केही रोगका कारण स्वास्थ्य अवस्था कमजोर भएतापनि वर्तमानमा ती रोगहरुलाई जिती स्वास्थ्य जीवन यापन गर्दै नगरको जिम्मेवारी सम्हाली रहनु भएका प्रमुख कोरोनाको संक्रमण हुन पुग्नु भएको छ ।



भीरकोट खवर डट कम र आफ्नो आधिकारीक सामाजिक संजाल मार्फत प्रमुख खनालले कोरोना संक्रमित भएको सन्देश प्रदान गर्नुभएको छ । “आदरणिय भिरकोट नगरबासी दाजुभाई तथा दिदिबहिनिहरु मलाई बिगत केहि दिन देखि बेलाबेलामा खोकि लाग्ने भएको थियो त्यसको असर पनि अब छैन कम भएको छ तर आज बिहान PCR Test गराउँदा रिपोर्ट पोजेटिभ आयो म होम आइसुलेसनमा पुर्ण सजगता साथ डक्टरको निगरानीमा छु कनै जटिल समस्या छैन र पनि मसग बभिन्न किसिमले नजिक रहनुहुने सबैले स्वास्थ्य अवस्था प्रति उच्च सतर्कता अपनाउनु होला ।” नगर प्रमुख ।

कार्यालयको काम विशेषले काठमाण्डौ पुग्नु भएका नगर प्रमुख खनाल आज कोरोना पोजेटिभ देखा परेपछि कोरोना रोग सम्बन्धी सबै मापदण्ड पालना गरी आफ्नै घर काठमाण्डौ स्थित सानेपामा होम आइसुलेसनमा बसेको प्रमुख खनालले बताउनुभयो । कारोनाका लक्षणहरु मध्ये सामान्य रुघाखोकी बाहेक अरु कुनै पनि लक्षण आफुमा नभएको र कुनै पनि स्वास्थ्यमा समस्या नपरेको हुनाले यस संक्रमणबाट छिटै उन्मुक्त्ती भई नियमित आफ्नो कार्यमा फर्कने नगर प्रमुख खनालले बताउनुभयो । साथै नगर प्रमुख खनालले आफु निकट रहेर नगरको नियमित कार्यमा खटिने कर्मचारी, जनप्रतिनिधि, सेवाग्राही र नगरबासिमा सर्तकता अपनाउन आग्रह गर्नुभयो । कोभिड सम्बन्धी कुनै पनि लक्षणहरु देखा परेमा सम्बन्धित वडा र नगरपालिकाको स्वास्थ्य शाखामा सम्पर्क गर्न समेत प्रमुख खनालले आग्रह गर्नुभयो ।

भीरकोट खवर डट कम परिवार प्रमुख खनालको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं l