सहकारी नियमन र नियन्त्रण गर्नु आवश्यक छ: प्रसस सुन्दास

मङि्सर २३, २०८०


स्मार्ट संवाददाता, भीरकोट

२३ मसिंर २०८०

गण्डकी प्रदेश सभा सदस्य सीता कुमारी सुन्दासले सहकारी नियमन र नियन्त्रण गर्न आवश्यक रहेको बताएकी छन्। माछापुच्छ्रे बचत तथा ऋण सहकारीको  १६ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रदेश सभा सदस्य सुन्दासले सो कुरा बताएकी हुन्। सहकारीहरू सिद्धान्त भन्दा बाहिर गएर आर्थिक गतिविधि गरेको र सहकारीका नाममा ठगीका घटनाहरू बढ्दै गएको  बताउँदै उनले स्थानीय, प्रदेश सरकार र नियामक निकायहरूले नियमन र नियन्त्रण गर्नुपर्नेमा उनको जोड छ।

आँधिखोला सिटीहल, बयरघारीमा आयोजित साधारणसभा समारोहमा बोल्दै उनले सहकारीका सदस्यहरू सबै सहकारीको मर्म र भावना अनुसार समाजमा छरिरर रहेको पूँजीलाई एकीकृत गर्न र सदस्यहरूको आर्थिक जीवनस्तर उकास्न लाग्नुपर्ने बताइन्। ऋण लगानी गर्दा र लिदा समेत संस्था र सदस्य दुवैले आर्थिक हैसियत र प्रचलित नियम कानूनको पालना गर्नुपर्ने उनको भनाई छ। ऋण लिएपछि जुनसुकै हालतमा पनि तिर्नुपर्ने बताउँदै उनले समाज दुर्गा प्रसाईं जस्ता अराजक प्रवृत्तिको पछि लाग्न नहुनेमा जोड दिइन्।

बयरघारीमा प्रधान कार्यालय  रहेको माछापुच्छ्रे  सहकारीको शेयर पूँजी  १ करोड २२ लाख ६० हजार, निक्षेप १४ करोड ५० लाख  र कर्जा लगानी  १३ करोड ९८लाख रूपैयाँ रहेको छ। संस्थाको वार्षिक वासलत १७ करोड  छ। डिजिटल बैङ्कीङ्लाई प्राथमिकता दिदै सहकारीले आफ्नो मोबाइल एप समेत प्रयोगमा ल्याइसकेको छ। सुन्दरबजार र बानेथोकमा समेत सेवा केन्द्रहरू संचालनमा रहेको सहकारीले  सदस्यहरूको आर्थिक हित र सुशासनलाई प्राथमिकता दिएको संस्थाका अध्यक्ष चन्द्रबहादुर बस्नेतले दाबी गरे।

सहकारीका अध्यक्ष  चन्दबहादुर बस्नेतको अध्यक्षतामा भएको  कार्यक्रमको  संचालन सचिव हरि प्रसाद काफ्लेले गरेका थिए।  बाबुराम श्रेष्ठको  स्वागत मन्तव्यसँगै सुरू भएको कार्यक्रममा  शेयर सदस्य  सीता अधिकारी, भुपु सैनिक बचत तथा ऋण सहकारीका  अध्यक्ष क्षेत्र बहादुर थापा, राप्रपा भीरकाेट अध्यक्ष हर्क बहादुर राेका, समाजसेवी डाेलराज केसि,  नगर प्रवक्ता दिपेन्द्र के.सी. , संस्थाका निवर्तमान अध्यक्ष तथा सल्लाहकार डाेलराज ढुंगाना लगायतले सहकारीको विषयमा बोलेका थिए।

साधारणसभाले साधारण सभाले अध्यक्ष, लेखा समिती र  प्रबन्धककाे प्रतिवेदन पारित साथै आ. व. २०८०/०८१ काे बजेट तथा कार्यक्रमहरु पारित गरेकाे छ ।कार्यक्रममा उत्कृष्ट शैक्षिक नतिजा हाँसिल गरेका शेयर सदस्यका छोराछोरीहरू मध्येबाट  सदिस ढुंगाना, ओजस्वी अर्याल,विनिशा महत र संरचना श्रेष्ठलाई सम्मान गरिएको थियो।