भुकम्प पिडितलाई सुधारिएको चुल्हो बनाउने तालिम
भीरकोट नगरपालिका वडा नं. १ मा भुकम्प पिडितका लागी सुधारिएको चुल्हो बनाउने तालिम सोमबारदेखि शुरु भएको छ । राष्ट्रिय पुर्ननिर्माण जिल्ला आयोजना कार्यान्वयन ईकाई अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधार कार्यालय स्याङ्जाको आयोजनामा वातावरणीय तथा सामाजिक व्यवस्थापन योजयना अन्तर्गत सुधारिएको चुल्हो निर्माण सम्बन्धी ५ दिने तालिम शुरु भएको हो ।
तालिममा नगरका ९ वटै वडाका २/२ जनाका दरले १९ जनाको सहभागिता रहेको छ । तालिमको उद्दघाटन गर्नुहुँदै नगरप्रमुख छायाराम खनालले सुधारिएको चुल्होको प्रयोगले धुँवा कम हुने हुँदा स्वास्थ्यको दृष्टिकोणले समेत महत्वपुर्ण रहेको बताउनुभयो । चुल्हो निर्माण तालिम पश्चात सिपलाई व्यवहारमा प्रयोग गर्ने तथा व्यवसायिक रुपमा अगाडि बढ्न चाहानेलाई नगरपालिकाले आर्थिक तथा प्राविधिक सहयोग समेत गर्ने प्रमुख खनालले बताउनुभयो ।
कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत खुमलाल भुषाल, प्रशिक्षक लोकबहादुर राउत, सव ईन्जिनियर कुमार यादवलगायतले बोल्नुभएको थियो । वातावरण विज्ञ विश्वराज तिवारीको स्वागतसंगै शुरु भएको कार्यक्रम पुर्ननिर्माण कार्यान्वयन ईकाई प्रमुख प्रविण ढकालको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन नायसु राजुप्रसाद मरासिनीले गर्नुभएको थियो ।