बुद्धिचाल प्रतियोगिता पिसजोन प्रथम

भदौ ३०, २०८०


स्मार्ट संवाददाता,वालिङ
३० भाद्र २०८०

बिज्ञापन

बालदिवसको अवसरमा  भाद्र २९ र ३० गते वालिङ् नगर बुद्धिचाल संघले अन्तरविद्यालय बुद्धिचाल प्रतियोगिता सम्पन्न गरेको छ। प्रतियोगितामा  पिसजोन इन्टिग्रएटेड एकेडेमी प्रथम भएको छ l यसैगरी भूपु सैनिक मा. वि. द्वितीय ,पिसजोन इन्टिग्रएटेड एकेडेमीको दोस्रो समुह तृतीय भएका छन् l प्रतियोगितामा पुर्णामृत भवानी मा. वि. चौथो र अर्मादी इङ्लिस बोर्डिङ स्कुल पाँचौ स्थानमा  चित्त बुझाएका छन् l   २९ र ३० गते संचालन भएको प्रतियोगितामा पिसजोन एकेडेमी , भूपु सैनिक , भुम्रे मा .वि., साइन भिलेज ,नेपाल आदर्श ,राष्ट्रिय मा.वि., पुर्णामृत ,बालविद्या , पाइनिज,अर्मादी मा.वि. लगायतका १२ विद्यालय बाट जम्मा १७ टिम सहभागी थिए।

जसमध्ये बोर्ड नं १ पिसजोन इन्टिग्रएटेड एकेडेमीका सिद्धार्थ भुषाल प्रथम भएका छन्। यसैगरी लक्ष्मी मा.वि. का समृद्धि गैरे द्वितीय र पुर्णामृत भवानी मा.वि. का संकल्प न्यौपाने तृतीय भएका छन्।
बोर्ड नं २ मा भएको खेलमा पिसजोन इन्टिग्रेटेड एकेडेमीका सुजल न्यौपाने प्रथम भएका छ्न्। पिसजोन इन्टिग्रेटेड एकेडेमीकै आयुषा थापा द्वितीय र पुर्णामृत भवानी मा.वि. का दिप्सन न्यौपाने तृतीय भएका छन्।
बोर्ड नं ३ मा भएको खेलमा नेपाल आदर्श मा.वि. का रजनिश आचार्य प्रथम, अर्मादी इङ्लिस बोर्डिङ स्कुलका संयम जि.टी. द्वितीय र पिसजोन इन्टिग्रेटेड एकेडेमीका निरज अर्याल तृतीय भएका छन्।
प्रतियोगीतामा अर्बिटरको भूमीकामा राजन पहाडी रहेका थिए l  यस प्रतियोगितामा   पिसजोन इन्टिग्रेटेड एकेडेमी  , भू .पु. सैनिक मा. वि. , पुर्णामृत भवानी मा .वि . र अर्मादी इङ्लिस बोर्डिङ स्कुलले उत्कृष्ट खेल खेलेका थिए l