स्थापना दिवसको अवसरमा सोलो मोटरसाईकल र्‍याली

माघ २२, २०७९


स्मार्ट संवाददाता , वालिङ
२२ माघ २०७९

विज्ञापन

प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवसको अवसरमा स्याङ्जा शाखाले वालिङमा सोलो मोटरसाईकल रेस गरेको छ । पछिल्लो समय द्रुत गतिका कारण धेरै दुर्घटनाहरु निम्तने गरेको भन्दै प्रेस चौतारीले सचेतनामुलक सोलो मोटरसाईकल रेसको आयोजना गरेको हो ।
स्थापना दिवस रचनात्मक रुपमा मनाउने हेतुले सोलो मोटरसाईकल रेस मार्फत सर्वसाधारणलाई सचेतना जगाउने प्रयास गरिएको प्रेस चौतारी स्याङ्जाका अध्यक्ष हरि प्रसाद सुवेदीले बताए। प्रतियोगितामा ४४ प्रतियोगिहरु सहभागी भएका थिए । २०० मिटरको दुरीमा गरिएको प्रतियोगितामा प्रथम आकाश परियार, द्वितिय अंकित श्रेष्ठ र तृतिय समिर श्रेष्ठ भएका छ्न्।

प्रतियोगितामा प्रथमले नगद ३ हजार ब्लुटुथ सुविधा भएको यामाहको हेलमेट, टिर्सट र प्रमाणपत्र, द्वितियले २ हजार नगद, टिर्सट र प्रमाणपत्र तथा तृतियले १ हजार नगद, टिसर्ट र प्रमाणपत्र प्राप्त गरेका छ्न् । प्रतियोगितामा वडा प्रहरी कार्यालय वालिङ, ट्राफिक प्रहरी कार्यालय वालिङ, शसस्त्र गुल्मले प्राविधिक व्यवस्थापनमा सहयोग गरेको थियो ।

कार्यक्रममा पुर्व मन्त्री तथा एमाले केन्द्रिय कमिटि सचिव पद्मा अर्यालले प्रेस चौतारीले दुर्घटना न्युनिकरणका लागी आयोजना गरेको यो कार्यक्रम निकै प्रसंशनीय रहेको बताइन्। पछिल्लो समय हुने दैनिक दुर्घटनाको न्युनिकरणका लागी यो सन्देशमुलक कार्यक्रम रहेको भन्दै हामी स्वयंमको लापरबाहिका कारण दुर्घटना हुने गरेको पुर्व मन्त्री अर्यालको भनाई छ । साथै उनले पत्रकारिता माथिको आम नागरिकको विश्वास जिवित राख्नका लागी पत्रकारिता जगतलाई सिर्जनशीलताका साथ अगाडि बढाउन आवश्यक रहेको समेत बताइन् । पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष श्रीकृष्ण सिग्देलले सडकको दुरावस्था र चालकको हेलचेक्राइका कारण दुर्घटना बढेको बताउँदै दुर्घटना न्यूनीकरणका लागि सरोकारवाला सबै सचेत हुनुपर्ने बताए।उनले स्थानीय स्तरमा संचालित सवारी साधनले आफुखुशी भाडा लिइरहेको भन्दै प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएका थिए।प्रजिअ शशीधर घिमिरेले दुर्घटना न्यूनीकरणका लागि रचनात्मक र सृजनात्मक कार्यक्रमको आयोजना गरेकोमा आयोजकलाई धन्यवाद दिए। उनले सडकको अवस्था हेरिकन सुरक्षीत यात्रा गर्न र ट्राफिक नियमको पालना गर्न, समाजको हित हुने सकारात्मक र रचनात्मक पत्रकारिता गर्न आग्रह गरेका थिए।

विज्ञापन

कार्यक्रममा वालिङ नगरपालिका उपप्रमुख कविता तिवारी गैह्रे, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य शोभकान्त पौडेल, प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य हिमलाल पराजुली लगायतले शुभकामना मन्तव्य राखेका थिए।