चापाकोटमा मगर समाज भवनको  शिलान्यास

माघ २३, २०७८


सुनिल न्यौपाने
चापाकोट, २३ माघ २०७८

कान्छिबजार मगर समाज भवनको आइतबार शिलान्यास भएको छ। निर्माण हुन लागेको सुविधा सम्पन्न भवनको नेकपा एमाले चापाकोट नगर कमिटी अध्यक्ष राजु कोईरालाले शिलान्यास गर्नुभएको हो। चापाकोट नगरपालिका- १० कान्छिबजारमा निर्माण हुन थालेको भवनको शिलान्यास गर्दै अध्यक्ष कोइरालाले नगरपालिकालाई नमुना नगरपालिका बनाउने गरी काम भइरहेको बताउनुभयो।नेकपा एमाले चापाकोट नगर कमिटी अध्यक्ष कोइरालाको पहलमा सामाजिक विकास मन्त्रालयबाट विनियोजित रकमबाट मगर समाज भवन निर्माण हुन थालेको स्थानीयबासी यामकुमारी खनालले जानकारी दिनुभयो। कोइरालाको पहलमा चापाकोटमा यस्ता विभिन्न योजनाहरू सञ्चालनमा आएका छन्।एकअर्को प्रसंगमा युवा नेता कोइरालाले कालिगण्डकी करिडोर र रामपुर तथा चापाकोटलाई जोड्न विभिन्न ठाउँमा बनेको पुलहरुले चापाकोटको वृहत् गुरुयोजनासँग तालमेल गर्ने बताउनुभयो।