जनमैत्री काममार्फत जनतासँग जोडिदैं जनप्रतिनिधि

जेठ ०५, २०८०


स्मार्ट संवाददाता, चापाकोट
५ जेठ २०८०


स्याङ्जाको चापाकोट नगरपालिका वडा नं ९ का जनप्रतिनिधिहरूले जनतासँग प्रत्यक्ष सरोकार राख्नेगरि सरसफाइ, गुनासो सुनुवाइ र योजना संकलनको कार्यक्रम संचालन गर्ने भएको छ। हरेक हप्ता शनिवारको दिन सरसफाइ तथा विकास योजनाको बारेमा छलफल गर्न फरकफरक टोलमा जाने योजना बनाइएको वडा अध्यक्ष कृष्ण प्रसाद सुवेदीले बताए।

प्रत्येक शनिबार वडाको विभिन्न टोलटोलमा बाटो तथा नालीको सरसफाइ तथा प्रत्यक्ष रुपमा वडाबासीसंँग जोडिदै विकास योजनाको बारेमा छलफल गर्ने अवधारणा अगाडी सारिएको जनप्रतिनिधिहरूले बताएका छ्न्।

जेठ ६गते शनिवार चापाकोट ९ रचनेमा वडाबासी जम्मा भई बिहान ७ बजेदेखि ९ बजेसम्म बेल्चौर,रचने,बराकोटे हुँदै छितेखोलासम्म बाटो र नाली सरसफाइ हुने भएको छ। चापाकोट ९ नम्बर वडा कार्यलयले यही कार्यक्रमलाई निरन्तरता दिई वडाबासीसँग प्रत्यक्ष भेटघाट गरि समग्र वडाको विकास योजनाका बारेमा छलफल गर्नुका साथै वडाबासीहरुको गुनासो सुन्ने थलो बनाउने वडाअध्यक्ष कृष्णप्रसाद सुवेदीको योजना छ। वडाको जनमैत्री कार्यक्रममा जोडिन अध्यक्ष सुवेदीले वडाबासीलाई आग्रह गरेका छ्न्।