प्रमुख जिल्ला अधिकारीहरूको सरूवा, स्याङ्जामा राजु प्रसाद पौडेल
काठमाडौं : गृहमन्त्री बालकृष्ण खाँणले प्रमुख जिल्ला अधिकारी र मन्त्रालय अन्तर्गतका कर्मचारीहरूको सरुवा गर्नुभएको छ। गृह मन्त्रालयले आइतबार मन्त्रीस्तरीय निर्णय गरेर १२ जना प्रजिअ र कर्मचारीहरूको सरुवा गरेको हो।
गृह मन्त्रालयबाट किरण थापालाई कैलाली, खगेन्द्रप्रसाद रिजाललाई कैलालीबाट गृह मन्त्रालय तानिएको छ। जगन्नाथ पन्तलाई गृह मन्त्रालयबाट पाल्पा, हरिप्रसाद घिमिरेलाई अर्घाखाँची, वेदनिधि खनाललाई सिन्धुपाल्चोक, माधवप्रसाद ढकाललाई डोल्पा प्रजिअबाट राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सरुवा गरिएको छ।
वेदनिधि अधिकारीलाई डोल्पा, नेत्रप्रसाद शर्मालाई मुस्ताङ, श्रीनाथ पौडेललाई रोल्पाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ। यस्तै विष्णु पौडेललाई अर्घाखाँचीबाट गृहमा तानिएको छ।
राजु प्रसाद पौडेललाई स्याङ्जाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ भने स्याङ्जाका प्रजिअ दीपकराज नेपाललाई गृहमा सरुवा गरिएको छ। काज_सरुवा_हुन_भएका_प्रमुख_जिल्ला_अधिकारीहरुको_विवरण