क्रिकेट संघको आयोजनामा “स्याङ्गजा क्रिकेट लिग” हुने

असोज ०६, २०७९


स्मार्ट अखबार संवाददाता
६ असोज २०७९

स्याङ्गजा जिल्ला क्रिकेट संघको आयोजनामा यहि असोज ११ गते देखि प्रथम जिल्लास्तरिय अन्तरपालिका “स्याङ्गजा क्रिकेट लिग २०७९” प्रतियोगिता आयोजना गरिने भएको छ।

स्मार्ट अखबारद्वारा जनहितमा जारी सन्देश

प्रतियोगितामा सहभागी हुनको लागि सबै पालिकाहरूलाई पत्राचार गरिसकिएको जिल्ला क्रिकेट संघ स्याङ्जाका अध्यक्ष दिवाकर थापाले जानकारी दिनुभयो। उहाँका अनुसार टिम दर्ता स्याङ्गजा जिल्ला क्रिकेट संघको कार्यालय, ट्राफिक चोक स्याङ्गजामा यही असौज ९ गते भित्र गरिसक्नुपर्ने छ। दर्ता शुल्क ९ हजार ५ सय लाग्ने बताइएको छ।संघका अनुसार प्रतियोगिताका सम्पुर्ण खेलहरु ICC को नियमानुसार हुने र ३० ओभरको मात्र खेल खेलाइने छ। प्रतियोगिता गंगालाल खेलमैदान, चापाकोटमा हुने जिल्ला क्रिकेट संघले जनाएको छ।टिम दर्ताका लागि सम्बन्धित नगरपालिका/गाउँपालिकाको सिफारिस पत्र साथ तोकिएको दर्ता मिति भित्र दर्ता शुल्क सहित संघको कार्यालयमा उपस्थित भइ बुझाउनुपर्ने आयोजकले जनाएको छ।

विज्ञापन
विज्ञापन