आर के डी होल्डिङ्स कम्पनीको अन्तरक्रिया कार्यक्रम

माघ २१, २०७८


२० माघ २०७८, वालिङ

पर्यटन पूर्वाधारको विकासमा लगानी गरिरहेको आर के डी होल्डिङ्सले स्याङ्जाका भीरकोट उद्योग वाणिज्य संघ र वालिङ उद्योग वाणिज्य संघका पदाधिकारीहरू र व्यापारिहरूसँग छलफल एवं अन्तरक्रिया गरेको छ।यी दुई पालिकाहरूमा पर्यटन पूर्वाधारहरूको विकासका लागि सम्भाव्यता अध्ययन तथा लगानीका क्षेत्रहरूको पहिचानका विषयमा छ्लफल भएको हो।

आरके डी कम्पनी समूहका अध्यक्ष रामचन्द्र शर्मा, कम्पनीका जनसम्पर्क अधिकारी प्रेम गिरी र कम्पनीको लगानी क्लबका अध्यक्ष डा तुलसी प्रभासको टिमले दुबै स्थानीय सरकार प्रमुखहरू , जनप्रतिनिधि र उद्योग वाणिज्य संघका पदाधिकारीसँग आरके डी कम्पनी , स्थानीय लगानीकर्ता र स्थानीय सरकारको साझेदारीमा संचालन गर्न सकिने पूर्वाधार विकासका विषयमा विशेष छ्लफल गरेको हो।

आर के डी होल्डिङ्स बन्दीपुर केवलकार, पन्चासे केवलकार, छिम्केस्वरी केवलकार, बिजबजार, टुरिजम इन्भेस्टमेन्ट फण्ड लगायत कम्पनीहरू सन्चालन गरिरहेको अभिभावक कम्पनी हो।