भीरकोटको बयरघारीमा भुपूसैनिक सहकारी संस्थाको सुभारम्भ ।
फागुन १७, २०७७
भीरकोट खबर डेस्क:
भीरकोट नगरपालिका वडा नं.१ बयरघारीमा भुपूसैनिक बचत तथा ऋण सहकारी संस्थाको सुभारम्भ गरिएको छ । संस्थाको सुभारम्भ गर्नुहुँदै नगरप्रमुख छायाराम खनालले संस्था सेवामुखी हुनुपर्ने भन्दै सहकारीको निति र सिद्धान्त अनुसार चल्नुपर्ने बताउनुभयो । साथै प्रमुख खनालले आर्थिक पारदर्शिता महत्वपुर्ण पक्ष रहेको भन्दै सहकारीहरु उत्पादनमुलक कार्यमा समेत लाग्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा कांग्रेसका महाधिवेसन प्रतिनिधि गोविन्दकुमार कर्माचार्य, मिनकुमारी अधिकारी, कृष्णबहादुर अधिकारीलगायतले बोल्नुभएको थियो । संस्थाका अध्यक्ष क्षेत्रबहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वाागत खड्कबहादुर महत र सञ्चालन सिता केसीले गर्नुभएको थियो । त्यस्तै कार्यक्रममा ८० वर्ष उमेर माथिका भुतपुर्व सैनिकहरुलाई सम्मान समेत गरिएको थियो ।