भीरकोटमा नवनिर्वाचित जनप्रतिनिधिहरुको सपथ तथा पदभार ग्रहण

जेठ ०६, २०७९


साम संवाददाता
जेष्ठ ६,भीरकोट

भीरकोट नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूले शुक्रबार शपथ ग्रहण गर्नुभएको छ । नगर उपप्रमुख, वडाध्यक्ष तथा वडा सदस्यहरूले एक कार्यक्रमबीच शपथ ग्रहण गर्नुभएको हो । सपथपछि उहाँहरूले आजै पदभार ग्रहण समेत गर्नुभएको छ।

भीरकोट नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख गोबिन्द कुमार कर्माचार्यले स्याङजाका मुख्य निर्वाचन अधिकृत बसन्तराज पौडेलबाट सपथ ग्रहण गरेपछि उहाँले नवनिर्वाचित उपप्रमुख भगवती रेग्मी अर्याल र भीरकोट नगरपालिकाका ९ वटै वडाका जनप्रतिनिधिहरूलाई शपथ ग्रहण गराउनुभएको हो।

शपथ ग्रहण गर्नुभएका वडाध्यक्षहरूमा भीरकोट नगरपालिका वडा नम्बर १ का दिपेन्द्र केसी, वडा नम्बर २ का श्यामकाजी अधिकारी, वडा नम्बर ३ का केशर बहादुर खड्का, वडा नम्बर ४ का रत्न प्रकाश श्रेष्ठ, वडा नम्बर ५ का कृष्ण बहादुर थापा, वडा नम्बर ६ का लक्ष्मण खत्री क्षेत्री (रामकाजी), वडा नम्बर ७ का ताराप्रसाद अर्याल, ८ वडाका नन्दलाल खनाल, ९ वडाका भिम बहादुर गुरुङ हुनुहुन्छ।

Dark grungy background or texture


कार्यक्रममा निवर्तमान जनप्रतिनिधिहरुलाई बिदाइ समेत गरिएको थियो। कार्यक्रममा निवर्तमान मेयर, उपमेयर, कार्यपालिका सदस्य, वडाध्यक्षलगायत सबै जनप्रतिनिधिहरुलाई बिदाई गरिएको थियो।