सहकारीले महिला उद्यमीको विकास गर्नुपर्छ: सचिव अर्याल

असोज १०, २०७९


स्मार्ट अखबार संवाददाता , १० असोज २०७९

विज्ञापन


नेकपा एमालेकी केन्द्रीय सचिव एवं पूर्व मन्त्री पदमा कुमारी अर्यालले सहकारीले महिला उद्यमीहरूको विकास गर्नुपर्ने बताउनुभएको छ। भीरकोट साना किसान सहकारी संस्था लिमिटेड, भीरकोट ६ स्याङ्जाको चौंथो साधारणसभा तथा दोस्रो अधिवेशनको समुद्घाटन गर्दै सो कुरा बताउनुभएको हो।उहाँले सहकारी बचत र ऋणको कारोबारमा मात्रै अल्मलिन नहुने बताउँदै सहकारीले महिलाहरूलाई व्यवसायी बन्न आवश्यक पर्ने सीप, तालिम र दक्षता विकास गर्नुपर्नेमा जोड दिनुभयो। एक फरक प्रसंगमा उहाँले आफ्नो कार्यकाल अवधिभर मतदाताको शिर उँचो राख्न सक्दो प्रयास गरेको बताउनुभयो। भीरकोटबासी आम मतदातालाई हार्दिक आभार व्यक्त गर्दै उहाँले विकासका नाममा अनावश्यक राजनीति नगर्न समेत स्थानीय नेता कार्यकर्तालाई आग्रह गर्नुभएको थियो।

बिज्ञापन

सभामा आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्दै जिल्ला सहकारी संघका सचिव मीन प्रसाद कोइरालाले सहकारीका सिद्धान्त अनुरूप गतिविधि संचालन गर्न, कारोबार व्यवस्थित र पारदर्शी बनाउन, अनुदानको सही सदुपयोग गर्न शेयर सदस्यहरू र संचालक समितिलाई आग्रह गर्नुभएको थियो।

स्मार्ट अखबारद्वारा जनहितमा जारी सन्देश

भीरकोटका ५, ६, ७ र ८ मा कार्यक्षेत्र रहेको भीरकोट साना किसान सहकारीको स्थापना २०७५ सालमा भएको थियो।कृषि उद्यमशीलतालाई प्राथमिकतामा राखेको संस्थाका कूल शेयर सदस्यहरूको संख्या ४सय ७८ पुगेको छ। संस्थाको कुल शेयर पूँजी १६ लाख १८ हजार र कुल आर्थिक कारोबार ५४ लाख ११ हजार रहेको छ। संस्थाको आर्थिक कारोबार पारदर्शी र व्यवस्थित नरहेको भन्दै केही शेयर सदस्यहरूले गुनासो गरेका थिए। संस्थाका निवर्तमान अध्यक्ष विश्वनाथ अर्यालले संस्थाका कमीकमजोरीलाई सुधार गर्न र व्यवस्थित बनाउन सबै शेयर सदस्यहरूले सकारात्मक भूमिका निर्वाह गर्नुभयो।

विज्ञापन

संस्थाको आज सम्पन्न साधारण सभाले तुलसी प्रसाद अर्यालको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। उपाध्यक्षमा डाँसीनारायण अर्याल, सचिवमा सीता खनाल , सहसचिवमा काशीराम तिवारी, कोषाध्यक्षमा जमुना अर्याल निर्वाचित हुनुभएको छ। कार्यक्रममा वडा अध्यक्ष लक्ष्मण खत्री क्षेत्री, गण्डकी प्रदेशका निवर्तमान प्रदेश सभा सदस्य मोहन रेग्मी, सहकारी अभियान्ता पूण्य पौडेल, तुलसी भञ्ज्याङ साना किसान सहकारीका व्यवस्थापक शम्भु अधिकारी लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। डाँसीनारायण अर्यालको स्वागत मन्तव्यसँगै सुरू भएको कार्यक्रमको संचालन सागर थापाले गर्नुभएको थियो।