भीरकोट प्रज्ञा प्रतिष्ठान गठन

फागुन २८, २०७८


२८ फागुन २०७८

भीरकोट प्रज्ञा प्रतिष्ठानको कुलपतिमा भाग्योदय माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक एवं पण्डित हरिप्रसाद खनाल मनोनीत हुनुभएको छ। आज नगरपालिकामा आयोजित भीरकोट प्रज्ञा प्रतिष्ठान घोषणा सभामा ७ सदस्यीय प्राज्ञ सभा गठन गरिएको हो। उपकुलपतिमा श्यामविक्रम खाँण मनोनित हुनुभएको छ। यसैगरी सदस्यहरूमा भीरकोट पोखरा सामिप्य सदनका अध्यक्ष श्याम प्रसाद रेग्मी, कवि एवं साहित्यकार कमल कोइराला, पब्लिक एकेडेमीका प्रधानाध्यापक देवकी रेग्मी र गुप्तबहादुर श्रेष्ठ मनोनित हुनुभएको छ। प्रज्ञा प्रतिष्ठानको सदस्य सचिवमा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत रहने व्यवस्था गरिएको छ।

गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्चीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको प्रज्ञा प्रतिष्ठान घोषणा सभामा गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्यहरू तारापती सुवेदी, शंकर विरही गुरुङ, वालिङ प्रज्ञा प्रतिष्ठानका कूलपती देवीप्रसाद वनवासी, संस्कृतिविद् डा.तुलसी प्रवास खनाल,साहित्यकार शम्भु अर्याल, स्याङ्जा साहित्य प्रतिष्ठानका अध्यक्ष विश्वप्रेम अधिकारी,जनप्रतिनिधिहरू, शिक्षक, विद्यार्थीहरूको सहभागीता रहेको थियो।

कार्यक्रममै दौरानमा गण्डकी प्रज्ञा प्रतिष्ठान, पोखरा र भीरकोट नगरपालिकाको सहकार्यमा एकल लोक गीत प्रतियोगिताको समेत आयोजना गरिएको थियो। प्रतियोगितामा पिपलडाँडा मा.वि.का ज्ञान बहादुर सुनार प्रथम, सहिद शुक्र मा.वि. का अनिल खड्का द्वितीय, बालोदय मा.वि.का पुष्पा थापा तृतीय र भू पू सैनिक एकेडेमीका युगीना शर्मा सान्त्वना हुनुभएको छ। प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्नुभएका विद्यार्थीहरूलाई क्रमश नगद रू पाँच हजार, तीन हजार, दुई हजार र एक हजार नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिएको थियो।



कार्यक्रममा नगर प्रमुख छायाराम खनाल,वालिङ प्रज्ञा प्रतिष्ठानका कुलपति देवी प्रसाद वनवासी,गण्डकी प्रज्ञा प्रतिष्ठानका प्राज्ञहरू तारापती सुवेदी, शंकर विरही गुरुङ, , स्याङ्जा साहित्य प्रतिष्ठानका अध्यक्ष विश्वप्रेम अधिकारी, भीरकोट उद्योग वाणिज्य संघका अध्यक्ष जगदीश प्रसाद कोइराला, नेपाल शिक्षक संघ स्याङ्जाका अध्यक्ष लक्ष्मी प्रसाद रेग्मी, संस्कृतिविद् तुलसी खनाल प्रभास, वडा नं ४ का अध्यक्ष चन्द्र बहादुर बस्नेत, नगर प्रवक्ता दिपेन्द्र के.सी., निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद कोइराला लगायतका व्यक्तित्वहरूले प्राज्ञिक र साहित्यिक विषयमा मन्तव्य दिनुभएको थियो।कार्यक्रममा वक्ताहरूले प्रज्ञा प्रतिष्ठान गठन भएसँगै भीरकोटका स्थानीय भाषा, कला, संस्कृतिको संरक्षण र सम्वर्धनमा अतुलनीय योगदान पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो।नगर प्रमुख छायाराम खनालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन नगरपालिकाका सूचना अधिकारी रामप्रसाद खनालले गर्नुभएको थियो।