बालमैत्री अन्तरमाध्यमिक हाजिरीजवाफमा बालोदय प्रथम

फागुन १६, २०७८


१६ फागुन २०७८

बालमैत्री भीरकोट नगरपालिकाले आयोजना गरेको बालमैत्री अन्तरमाध्यमिक हाजिरीजवाफ प्रतियोगितामा बालोदय अंग्रेजी आवासीय माध्यमिक विद्यालय, भीरकोट ६ सुन्दरबजार प्रथम भएको छ। बालज्योतीअंग्रेजी आवासीय माध्यमिक विद्यालय बयरघारीमा संचालन भएको कार्यक्रममा भीरकोटका १५ वटा माध्यमिक विद्यालयहरूको सहभागीता रहेको थियो।प्रतियोगितामा भाग्योदय माध्यमिक विद्यालय द्वितीय र सहिद शुक्रराज मा.वि. तृतीय भएका छ्न्। विजेता विद्यालयहरूलाई बालमैत्री दिवसको अवसर पारेर यहि फागुन २२ गते पुरस्कृत गरिने नगरपालिका शिक्षा शाखाले जनाएको छ।