प्रहरीसँग समन्वय एवम् सहजीकरणमा अर्जुन चौपारी गण्डकी प्रदेशमा उत्कृष्ट
कार्तिक ०१, २०८०

नारायणप्रसाद कोइराला, स्याङ्जा
१ कार्तिक २०८०, बिहिबार
स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका प्रहरीसँग समन्वय एवम् सहजीकरणमा गण्डकी प्रदेशमा उत्कृष्ट भएको छ l पालिकामा शान्ति सुव्यवस्था कायम गर्न प्रहरीसँग उत्कृष्ट समन्वय एवम् सहजीकरण गरेकोमा ६८ औं “प्रहरी दिवस” को अवसरमा पालिका पुरस्कृत भएको गाउँपालिकाका उपाध्यक्ष सपना गुरुङले जानकारी दिनुभयो l
६८ औं “ प्रहरी दिवस ” को अवसरमा पोखरामा आयोजित समारोहमा गण्डकी प्रदेशका मुख्य मन्त्री सुरेन्द्र पाण्डेले गाउँपालिकाका उपाध्यक्ष सपना गुरुङलाई अर्जुन चौपारी गाउँपालिका गण्डकी प्रदेशमा उत्कृष्ट भएकोमा बधाई एवम् प्रशंसा पत्र प्रदान गर्नुभयो l
गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले पालिकाले प्रहरीलाई सबैखाले राजनीतिक र सामाजिक हस्तक्षेपबाट मुक्त राख्दै स्वतन्त्र रूपले कार्यसम्पादन गर्न सहयोग गर्ने गरेको बताउनुभयो l प्रहरीको मनोबल उच्च राख्न पालिकाले हरसम्भव प्रयास गरेको बताउँदै उहाँले सुसंस्कृत , सभ्य र समृद्ध अर्जुन चौपारी निर्माण अभियानमा पालिका लागि परेको जानकारी दिनुभयो l