स्याङ्जामा पुल निर्माण गर्ने क्रममा दुर्घटना हुँदा ८ कामदार घाइते

चैत २०, २०७८


 

२० चैत्र २०७८,स्याङ्जा : आज साँझ करिब ७.२० बजेको समयमा स्याङजा जिल्ला चापाकोट नगरपालिका वडा नं ८ मा पक्की पुल निर्माणका क्रममा दुर्घटना हुँदा ८ जना कामदार घाइते भएका छ्न्।घाइते भएका मध्ये ४ जना नेपाली र ४ जना भारतीय कामदार रहेका छ्न्।जसमध्ये २ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।चापाकोटको प्याक्लुक स्थित निर्माणाधिन दामाचौर- रामपुर पाल्पा जोडने पक्की पुल निर्माणको क्रममा क्रेनले फलामको बिम माथि उचाली कामदारहरुले उक्त बिम जोड्ने काम गरिरहेको अवास्थामा अचानक उक्त बिम सहित कामदारहरु खस्न जाँदा ८ जना घाईते भएको प्रहरीले जनाएको छ।दुर्घटनाको खबर प्राप्त हुनासाथ उद्दारमा जुटेको प्रहरीले घाइते कामदारहरूलाई उनीहरूको अवस्था अनुसार पाल्पाका मिसन र प्रभास अस्पतालमा पठाएको छ।

दुर्घटनामा घाइते हुनेहरूमा रौतहट बस्ने वर्ष २४ को प्रेम धन पटेल, बाराका वर्ष २२ को राम निवास कुमार पटेल, बारा हरिहरपुर ८ बस्ने वर्ष २८ को जितेन्द्र पटेल, भारत बिहार बस्ने वर्ष २५ को धनन्जय ठाकुर,२१ वर्ष को सुजित कुमार यादब, वर्ष ४८ को रघुनाथ राव, वर्ष २५ को अनुप कुमार राव,जिल्ला गोरखाका २३ वर्षका सृजन परीयार रहेका छ्न्।उनीहरूको पेट, छाती, हात, खुट्टा र कम्मरमा चोट लागेको प्रहरीले जनाएको छ।