भीरकोटमा जग्गाको कित्ताकाट सुरू

असोज ०१, २०८०


स्मार्ट सम्वाददाता,



१ असोज २०८०



बिज्ञापन

स्याङ्जाको भीरकोट  नगरपालिकाले जग्गाको कित्ताकाट खुलाएको छ । राष्ट्रिय भूउपयोग ऐन, २०७६ र नगरपालिकाको भू–उपयोग क्षेत्र वर्गीकरण तथा मापदण्डका आधारहरू , २०८०  अनुसार जग्गाको वर्गीकरण गरी कित्ताकाट खुलाएको हो ।आइतबार बसेको १०४ औं कार्यपालिका बैठकले जग्गाको कित्ताकाट खोल्ने निर्णय गरेको हो l

लामो समयसम्म कित्ताकाट हुन नसक्दा जग्गाको कारोबार ठप्प थियो ।  नापी विभागबाट प्राप्त भएका विवरण अनुससार  ९ वटै वडाका जग्गाको  कित्ताकाट गर्न सुरू गरिएको  नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले  जानकारी दिए । कित्ताकाट गरिएका वडाका जग्गाधनीले स्रेस्ता कायम गर्नुपर्ने भएमा सक्कल जग्गाधनी पुर्जा लिई आफ्नो स्रेस्ता कायम भएको मालपोत कार्यालयमा  जानुपर्ने नगर प्रवक्ता दिपेन्द्र के.सी. ले जानकारी दिए l

नगरपालिकाले राष्ट्रिय भू–उपयोग ऐन, २०७६ अनुसार कृषि र गैर कृषि जग्गासहित ऐनले उल्लेख गरेअनुसार १० भागमा कित्ताकाट गरिएको प्रवक्ता के.सी. ले बताए  । दुइ वा दुइ भन्दा बढी क्षेत्रमा रहेका कित्ताहरूलाई  व्यवसायिक, आवासीय र कृषि क्षेत्रमा प्राथमिकता दिई कित्ता काट गरिएको  प्रवक्ता के.सी. ले जानकारी दिए l

पाठक, शुभेच्छुक र सरोकारवालाहरूमा हाम्रो अनुरोध :