मानव जीवनका लागि राजयोग मेडिटेशन प्रशिक्षण नभै नहुने कार्यक्रम—नगर प्रमुख खाँण

बैशाख १७, २०८१


मणी प्रसाद अर्याल

वैशाख १६, वालिङ

स्याङ्जाको वालिङमा राजयोग मेडिटेशन प्रशिक्षण कार्यक्रम आज आइतबारदेखि सुरु भएको छ । ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय वालिङ शाखाले मानसिक शान्ति, पारिवारिक खुसी, र सामाजिक समृद्धताका लागि राजयोग मेडिटेशन प्रशिक्षण सञ्चालन गरेको हो ।

यही वैशाख १९ गतेसम्म सञ्चालन हुने कार्यक्रमको समुद्घाटन गर्दै वालिङ नगरपालिकाका प्रमुख कृष्ण खाँणले मानव जीवनका लागि राजयोग मेडिटेशन प्रशिक्षण नभै नहुने कार्यक्रम भएको बताउनुभयो । यो प्रशिक्षणले मानवीय नाताले ओतप्रोत हुने वातावरण र मानवताको विकासमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले नभै नहुने कार्यक्रम रहेको नगरप्रमुख खाँणले बताउनु भएको हो । जनप्रतिनिधि तथा बिभिन्न नेतृत्वदायी भूमिकामा रहेका मानिसहरुमा दम्भ र अहमता हावी  छ, जुन गलत हो । मानव जीवनका लागि शान्ति अत्यावस्यक छ, यसका लागि आध्यात्मिक चिन्तनसहितको शान्तिले महत्वपूर्ण भूमिका खेल्ने उहाँले उल्लेख गर्नुभयो । प्रशिक्षण अति आवश्यता पनि रहेको हामिले महशुस पनि गरिरहेको थियौ यसलाइ दिगो रुपमा लैजानको निमित्त वालिङ नगरपालिका प्रतिवद्ध रहको बताउनुभयो । हामीलाई सुन्दर र शक्तिशाली विचारको आवस्यक हुन्छ, जुन यो कार्यक्रमबाट प्राप्त गर्नसक्छौं, उहाँले भन्नुभयो, जनप्रतिनिधिहरुका लागि त झन आवस्यक छ, यो साक्षात्कार र प्रशिक्षित हुने अवसर प्रदान गरेकोमा आयोजकप्रति आभार व्यक्त गर्दछु ।

यसैगरी वालिङ नगर उप प्रमुख कविता तिवारी गैह«ेले राजयोग मेडिटेशन प्रशिक्षण कार्यक्रम अनुकरणीय र ऐतिहासिक रहेको बताउनुभयो । मनोवैज्ञानिक हिसावले आयोजना गरिएको प्रशिक्षण कार्यक्रम अत्यन्त महत्वपूर्ण रहेको नगर उपप्रमुख गैह«ेको भनाई छ । नयाँ पुस्तालाई कसरी सभ्य र सुसंस्कृत बनाउन सकिन्छ भन्नेमासमेत यो कार्यक्रमले भूमिका खेल्ने भएकाले सहभागीहरुले जिज्ञासु भएर प्रशिक्षण लिन उहाँले आग्रह गर्नुभयो । कार्यक्रम सफलताका लागि नगरपालिकाले अपनत्व मानेर साथ दिने भन्दै भोलिका दिनमा पनि साथ र सहयोग रहने प्रतिवद्धता नगर उप प्रमुख गैह«ेले व्यक्त गर्नुभयो ।

संस्थाका महासचिव एवम् वरिष्ठ राजयोग शैलेसराज बरालले ४ दिने प्रशिक्षण कार्यक्रमको विषयवस्तुमाथि प्रकाश पार्नुभएको थियो ।



कार्यक्रममा अन्तर्राष्ट्रिय पुरस्कारले सम्मानित वरिष्ठ राजयोग प्रशिक्षक ब्रह्माकुमार राजु घलेद्वारा प्रशिक्षण दिनुहुने छ । आज समुद्घाटन सत्र रहेको र प्रशिक्षणका विशेष कार्यक्रमहरु भोलि सोमबारदेखि सुरु हुने आयोजकले जानकारी दिएको छ ।

अनेकौं जिम्मेवारीहरुको दवाव, अस्वस्थ र अन्तहिन प्रतिस्पर्धा एवम् बदलिँदो  परिवेशसँगै सामना गर्नुपर्ने चुनौतिहरुका कारण जीवनशैली अतिव्यस्त र तनावग्रस्त छ ।  व्यक्तिगत पारिवारिक एवम् व्यवसायिक समस्याहरुको वैज्ञानिक तथा आध्यात्मिक विधिद्वारा समाधान गरी आत्मिक सुख, मानसिक शान्ति, एवम् आन्तरिक शक्तिको गहन अनुभूति गराउने उद्देश्यले अपूर्व उत्प्रेरक प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ ।

ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय वालिङ शाखाले आयोजना गरेको कार्यक्रमको सहयोगी संस्थाकोरुपमा वालिङ नगरपालिका रहेको छ । यसैगरी सामाजिक क्षेत्रमा क्रियाशिल रोटरी क्लव अफ वालिङकोसमेत सहयोगी संस्थाको भूमिकामा रहेको छ ।

भकुण्डेस्थित संस्थाको शाखाबाट निकालिएको शोभायात्राले बाजागाजसहित वालिङ बजार परिक्रम गरी कार्यक्रम सुमद्घाटन स्थल प्रवेश गरेको थियो ।