भीरकोटको सार्वजनिक सुनुवाई सम्पन्न

असोज ०७, २०७७


सुनुवाईमा नागरिकका गुनासै गुनासा

चुत्र महत

असार ९, भीरकोट

भीरकोट नगरपालिकाले प्रदान गर्ने सेवा, सुविधा र प्रभावकारिता विषयक आ.व. २०७६/०७७ को पहिलो र दोस्रो चौमासिकको सार्वजनिक सुनुवाई तमू समाजको सभाहलमा सम्पन्न भएको छ । सार्वजनिक सुनुवाई कार्यक्रममा नागरिकहरुले गुनासै गुनासो गरेका छन् ।

कोरोना संक्रमण रोकथाम र नियन्त्रण, पर्यटकीय क्षेत्रको संरक्षण र सम्बर्धन, सिंचाई सुविधा, आँधीखोलाको नियन्त्रण, नदिजन्य पदार्थको उत्खनन्, सार्वजनिक जग्गाको अभिलेखीकरण, खेलमैदान र खानेपानीको विषयमा गुनासो राखेका थिए ।

जनताको गुनासोलाई सम्बोधन गर्दै नगर प्रमुख छायाराम खनालले भीरकोट एकीकृत र दिगो विकासमा लागि परेको भन्दै समृद्ध भीरकोट निर्माणमा सबैको समान सहभागिता र अपन्वत्व लिनु पर्ने बताउनुभयो । नगरपालिकाले आ.व. २०७६/०७७ मा नगरले ८० प्रतिशत पूँजीगत खर्च गरीसकेको भन्दै प्रमुख खनालले भीरकोट नगरको प्रयत्न भ्रष्टाचारमा शुन्य सहनशिलता र काममा पारदर्शिता रहेको बताउनुभयो ।



आ.व. २०७६/०७७ को पहिलो र दोस्रो चौमासिक अवधिको कार्य प्रगति प्रतिवेदन प्रस्तुत गर्दै प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र प्रसाद पौडेलले भीरकोटको सम्वृद्धिका लागि आफूहरु लागि परेको बताए ।

उप प्रमुख सिमा के.सी. कर्माचार्यले महिला सशक्तिकरणमा भीरकोट अगाडी बढेको भन्दै आगामी वर्षमा थप उपयोगी र प्रभावकारी योजना ल्याउने बताउनु भयो ।

कार्यक्रममा भीरकोट नगरपालिकाका ९ वटै वडा अध्यक्षहरुले आ- आफ्ना वडाले दोस्रो चौमासिक अवधिसम्म गरेका कार्यहरु प्रस्तुत गरेका गर्नुभएको थियो ।

सरोकारवालाहरु, जन प्रतिनिधि, नगरपालिकाका शाखा प्रमुख, पत्रकार लगायतको सहभागिता रहेको सार्वजनिक सुनुवाई कार्यक्रमको वास स्याङ्जा शाखाको सहजीकरण र भीरकोट नगरपालिका नगरकार्यपालिकाको आयोजनामा सम्पन्न कार्यक्रमको सहजीकरण वास स्याङ्जा शाखा अध्यक्ष एवं वास गण्डकी संयोजक एशिव शरण महतले सहजीकरण र स्वागत नगर प्रवक्ता दिपेन्द्र के.सी.ले गर्नुभएको थियो । सार्वजनिक सुनुवाई कार्यक्रममा ४ बुँदे साझा सार्वजनिक प्रतिवद्धता घोषणा पत्र समेत जारी गरी नगर उप प्रमुख सिमा के.सी. कर्माचार्यको संयोजकत्वमा ५ सदस्यीय साझा सार्वजनिक प्रतिवद्धता घोषणा पत्र अनुगमन समिति समेत गठन गरीएको छ ।