बृहत्तर पर्वतीय पर्यटन विकासको डिपिआर अन्तिम चरणमा

असोज २७, २०७७


भीरकोट खबर २०७६ जेठ २६, भीरकोट

भीरकोट नगरपालिकाको वडा नं. ५, ८ र ९ मा पर्ने विभिन्न धार्मिक, पर्यटकीय र ऐतिहासिक क्षेत्रहरुको वृहत्तर विकासको लागि     बृहत्तर पर्वतीय पर्यटन विकासको डिपिआर अन्तिम चरणमा पुगेको छ ।

भीरकोट नगरपालिकामा जनप्रतिनिधिहरु निर्वाचित भ004एर आएसंगै विकासले तिव्रता पाएको छ । भीरकोटका ९ वटै वडामा विकास निर्माणको काम द्रुत रुपमा भैरहेको अवस्थामा भीरकोट नगरपालिकाको वडा नं. ५ मा रहेको स्वरेक मैदानले भीरकोट नगरपालिका मात्रै हैन जिल्ला सहित नेपाललाई नै विश्वमा परिचित गराएको ठाउँ जहाँ आन्तरिक तथा वाह्य पर्यटकहरुको रोजाई बनेको छ । जहाँ अन्तर्राष्ट्रिय प्याराग्लाईडिङ् प्रतियोगिता समेत सम्पन्न भैसकेको छ । यस क्षेत्रको पूर्वाधार देखि अफिसियल कार्यहरु तिव्र रुपमा भैरहेको अवस्थामा थप पर्यटकहरुको आगमन र मनोरन्जनका लागि बृहत्तर पर्वतीय पर्यटन विकासको डिपिआर तयार पारी अन्तिम चरणमा पुगेको हो ।

गुरुयोजना भित्र भीरकोट नगरपालिका वडा नं. ५, ८ र ९ को समिपमा रहेको चितपानी फलाते गहिरोलाई बाँध लगाई सुन्दरताका लागि नैनीताल जस्तै ताल निर्माण गरी तालको छेउबाट हिड्ने बाटो र व्यवस्थित होटल तथा रेष्टुरेन्ट निर्माण गरिने, स्वरेक प्याराग्लाईडिङ् देखि गडहरे गुफा, ओखती पानी होमस्टे जोड्ने साईक्लिङ् मार्ग निर्माण गर्ने, स्वरेकमा फुटवल खेलमैदान, प्याराग्लाईडिङ् गर्ने ठाउँभन्दा माथि गरुढ सवार २० फिटको विष्णु भगवानको मुर्ति निर्माण गर्ने, मैदानमा रहेको सल्लाघारी सहितको जंगलमा मिनी चिडियाखाना निर्माण गर्ने, राजेन्द्र भवानी देवीको मन्दिर निर्माण, चाम थुम्का लाई व्यवस्थित गर्ने र स्वरेकलाई जिल्लाकै पर्यटकीय केन्द्रको रुपमा विकसित गर्ने नगर प्रमुख छायाराम खनालले बताउनुभयो ।

बृहत्तर पर्वतीय पर्यटन विकासको डिपिआर सम्पन्न भएसंगै नगरपालिकाले प्रदेश र संघीय सरकारसंग समन्वय र साझेदारीमा काम गर्ने प्रमुख खनालले बताउनुभये ।

बृहत्तर पर्वतीय पर्यटन विकास गुरुयोजना अन्तिमरुपको नगर प्रमुख, वडा अध्यक्ष, ईन्जिनियर र स्थानीयबासीहरु द्वारा स्थलगत अवलोकन गरिएको वडा नं. ५ का वडा अध्यक्ष याम प्रसाद अधिकारीले बताए ।



स्वरेकमा बृहत्तर पर्वतीय पर्यटन विकास गुरुयोजना अन्तिम चरणमा पुगेको सुन्न र आफ्नै आँखाले देख्न पाउँदा स्थानीयबासीहरु हर्षित भएका थिए ।