भीरकोटको राजनीतिमा यसरी उदाए यामप्रसाद अधिकारी
स्मार्ट अखबार संवाददाता,
६ बैशाख २०७९, भीरकोट
यही बैशाख ३० गते हुन गैरहेको स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा अन्य स्थानीय तहमा जस्तै स्याङ्जाको भीरकोटमा पनि चुनावको माहोल तातिएको छ । भीरकोटमा बिशेष गरी कांग्रेस र एमालेका नेता तथा कार्यकर्तालाई चुनावी रौनकले छपक्कै छोपेको देख्न सकिन्छ ।
यस पटक काँग्रेसबाट भीरकोट नगरपालिकाको मेयरमा नगर सभापति यामप्रसाद अधिकारी (लक्ष्मण)ले उम्मेदवारी घोषणा गरिसक्नुभएको छ। अधिकारी सहित मेयरको चुनावमा १२ जना नेताहरूले आकांक्षा व्यक्त गरेका छ्न्।अधिकारी काँग्रेसका बलिया उम्मेदवार हुनुहुन्छ । काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत भीरकोटको नगर सभापतिमा विजयी अधिकारी २०७४ को स्थानिय निर्वाचनमा भीरकोट ५ बाट निर्वाचित वडाध्यक्ष समेत हुनुहुन्छ। युवा नेता अधिकारी भीरकोटको लोकप्रिय नेताको रुपमा कार्यकर्ता र जनतामाझ परिचित हुनुहुन्छ।
यस अघि वडाको नेतृत्व समालिसक्नुभएका र पार्टीको नगर सभापति समेत बन्न सफल हुनुभएका अधिकारीलाई स्याङ्जाका वर्तमान सभापति राजु थापा, गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, उपसभापति कल्पना तिवारी, केन्द्रिय उपसभापति धनराज गुरुङ लगायत धेरै नेताहरुकोे समर्थन छ । अधिकारीले भीरकोटमा आफु बलियो रहेको बताईरहे पनि अब भीरकोटको नेतृत्वमा को आउँला भन्ने कौतुहलता धेरैमा रहेको छ । ९ वडा रहेको भीरकोटमा यस पटक २० हजार ७ सय ६९ मतदाता रहेका छन् । आज हामी लामो समयदेखि भीरकोटको राजनीतिमा रहेका यामप्रसाद अधिकारी को हुनुहुन्छ र उहाँ राजनीतिमा कसरी उदाउनुभयो भन्ने विषयमा केन्द्रित हुँदै छौ ।
को हुनुहुन्छ अधिकारी ?
स्याङ्जा जिल्लाको भीरकोट नगरपालिका वडा नं ५ साविक स्वरेक गाविस वडा नं ५ का स्थायी बासिन्दा अधिकारीको जन्म २०३९ सालमा भएको हो । २ दशकभन्दा लामो समयदेखि कांग्रेसको राजनीतिमा सक्रिय रहेका अधिकारी नेपाली काँग्रेसभित्र इमान्दार र सिद्धान्तमा निष्ठावान नेताको रुपमा परिचित हुनुहुन्छ। जिल्लामा खगेन्द्रराज रेग्मी, भोजराज अर्याल र स्व. कमल पंगेनीको अत्यन्तै नजिक रहेर काम गर्नुभएका उहाँ सांगठनिक रुपमा चतुर नेताको रुपमा चिनिनुहुन्छ । विगत १ दशकदेखि हुँदा खाँदाको व्यवसाय नै छोडेर उहाँ सक्रिय राजनीतिमा होमिनुभएको छ। २०६२/०६३ मा देशमा लोकतन्त्र ल्याउन अग्रणी भुमिका खेलेका अधिकारी कांग्रेसको १३ औं महाधिवेशनमा क्षेत्रीय प्रतिनिधि चुनिन सफल हुनुभयो । त्यससंँगै नगर र जिल्लामा उनको राजनैतिक प्रभाव विस्तारै बढ्दै गयो । २०५९मा नेविसंघको क्याम्पस ईकाइ मार्फत राजजितिमा जोडिनुभएका उहाँ दर्जनौं सामाजिक संघसंस्थामा संलग्न हुनुहुन्छ ।
वालिङ उद्योग वाणिज्य संघको सदस्य, सहकोषाध्यक्ष तथा फर्निचर व्यावसायी संघको संस्थापक जिल्ला अध्यक्ष हुँदै केन्द्रिय सदस्य समेत भएका अधिकारी वालिङ जेसीजका पूर्व अध्यक्ष समेत हुनुहुन्छ। कोभिड महामारीको बेला एम्बुलेन्सले समेत सेवा दिन डराईरहेको बेला अधिकारीले आफ्नो निजी सवारीमार्फत आफैं चालक भएर करिब ७ सय बिरामीलाई नि:शुल्क सेवा दिनुभएको थियो। परोपकारी भाव र नेतृत्व क्षमता भएकै कारण नगर अधिवेशनले भीरकोट काँग्रेसको नेतृत्व गर्ने जिम्मा उहाँलाई नै दियो । त्यो संगै ५ बर्षका लागि अधिकारी सभापतिमा चुनिनुभयो।
२०५६ मा भएको आम निर्वाचनमा नेविसंघ मार्फत सक्रिय भुमिका निर्वाह गरेका उहाँले माओवादी शान्ति प्रकृयामा आईसके पछाडि २०६४ सालमा भएको संविधान सभा निर्वाचनमा र २०७० को संविधान सभा निर्वाचनमा स्याङ्जा २ नम्वर क्षेत्रबाट चुनाव लड्नुभएका स्व. कमल पंगेनी जिताउ अभियानामा युवा परिचालनको जिम्मेवारी पाउनुभएको थियो । तत्कालिन अवस्थामा स्याङ्जामा ३ निर्वाचन क्षेत्र रहेको थियो । सो बेला दुई क्षेत्रमा काँग्रेसले जितेको थियो ।
उहाँ जनताका साना साना काममा पनि चासो दिँदै आफै फिल्डमा पुगेर काम गराउँने क्षमता भएका नेताको रुपमा पनि परिचित हुनुहुन्छ । जुनसुकै बेलामा पनि जनता तथा कार्यकर्ताको फोन उठाउने र समस्या सुन्न तत्पर हुने नेताको रुपमा उहाँलाई भीरकोटे जनताले लिने गरेका छन् । २०७२ सालको भुकम्पमा जेसीजमार्फत तत्काल राहत तथा उद्धारको लागि उनले देखाएको तत्परता र सहयोगको अहिले पनि भीरकोट र वालिङमा बेलाबेलामा चर्चा हुने गरेको छ । विभिन्न समयमा भईपरि आउँने दुर्घटनामा उद्धार तथा उपचारको लागि उनले खेल्ने गरेको भुमिकाको विषयमा स्याङ्जामा निकै चर्चा हुने गरेको छ । कोरोना महामारीको समयमा बिरामीले सवारी साधन नपाएको अवस्थामा अधिकारीले नै हस्पिटल पुर्याउनुभएको थियो। कोरोनाको कारण मृत्यू भएकाको आफन्त नहुदाँ आफैं दाहसंस्कार पनि गर्नुभयो । बिरामीहरु बेडनै नपाएर छट्पटाई रहनु परको अवस्थामा पनि उहाँलेले त्यसको व्यवस्थापन र उपचार गराउनको लागि महत्वपुर्ण भुमिका खेल्नुभएको थियो । अधिकारीलाई भीरकोटका अन्य पाटीका नेता तथा कार्यकर्ताहरुले पनि आदर्शको रुपमा लिने गरेको पाईन्छ ।
फर्निचर व्यावसायी संघको संस्थापक अध्यक्ष भएपछि फर्निचर व्यवसायीहरुको धरोहरको रुपमा समेत उहाँ परिचित हुनुहुन्छ । उहाँको जिल्लामा फर्निचर व्यावसायी संघ स्थापनाको लागि निकै महत्वपुर्ण भुमिका रहेको थियो। २०६२/६३ को जनआन्दोलन सफल बनाउनको लागि उहाँले खेलेको भुमिकाको अहिले पनि सबै तिर प्रशंसा हुने गरेको छ । नेपाली कांग्रेस भीरकोटको संगठन निमार्णमा उहाँले खेलेको भुमिका निकै अतुलनिय छ । कांग्रेसमै लागेको कारण माओवादीले देशमा शसस्त्र युद्ध गर्दै गर्दा उनीहरुको आँखाको तारो समेत बन्नुपरेको थियो। तर पनि अधिकारी आफ्नो विचार र सिद्धान्तबाट कहिल्यै विचलित भने हुनुभएन।