वर्ल्डलिंकको fesTVty अफर

भदौ २७, २०७९


स्मार्ट अखबार संवाददाता
२७ भाद्र २०७९

नेपालकै अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनि, वर्ल्डलिंकले नेपालीहरुको महान् चाड दशैंमा विगतको जस्तै थप खुशी थप्ने क्रममा “वर्ल्डलिंक fesTVty” अफर ल्याएको छ। यो अफर अन्तर्गत ग्राहकहरुले आफ्नो सब्सक्रिप्सनमा ३ फरक फरक आकर्षक डिलहरु प्राप्त गर्न सक्नेछन् ।

पहिलो प्याकेज “Fast Offer” अन्तर्गत रु १,०५० प्रति महिना (वार्षिक सदस्यता) मा ग्राहकहरुले डुवल ब्यान्ड राउटर र २०० Mbps इन्टरनेट सेवा प्राप्त गर्न सक्नेछन् ।
“2 Routers” प्याकेज अन्तर्गत मात्र रु १,०५० प्रति महिना (वार्षिक सदस्यता) मा ग्राहकहरुले Nokia Beacon 1.1 Mesh Router, डुवल ब्यान्ड राउटर र उच्च गतिको इन्टरेटका साथै अटुट कनेक्सन सहितको २०० Mbps इन्टरनेट प्राप्त गर्न सक्नेछन् ।

सबै भन्दा राम्रो मनोरञ्जनको प्याकेज एकै ठाउँमा प्राप्त गर्न सकिने “Smart Offer” अन्तर्गत मात्र रु १,०५० प्रति महिना (वार्षिक सदस्यता) Nokia Beacon 1.1 Mesh Router, २०० Mbps को इन्टरनेट सेवा साथमा सम्पूर्ण प्रकारका आवश्यकताहरुलाई मध्यनजर गर्दै, सेट टप बक्सको साथमा मासिक NETTV मात्र रु १५० मा प्राप्त गर्ने छन्।

यो अफर १ वर्ष, ६ महिना वा ३ महिनाको प्याकेजहरुमा उपलब्ध छ । साथै उपलब्ध हुने सबै स्पिडहरुमा, सम्पूर्ण ग्राहकहरुका लागि (नयाँ तथा हालका) लागु हुनेछ।
सम्पूर्ण नेपालीहरु माझ महान् चाडपर्वको पावन अवसरमा सबैमाझ छिटो र भरपर्दो इन्टरनेटका साथै खुशियालि र मनोरञ्जन पुर्याउने वर्ल्डलिंकको चाहना छ। वर्ल्डलिंकले देश र जनताहरुलाई इन्टरनट संग जोड्न देशभर धेरै मद्दत पुर्याएको छ। यसै क्रममा वर्ल्डलिंकले आफ्ना ग्राहकहरुलाई इन्टरनेट संगै Value Added Services पनि प्रदान गर्दै आएको छ । जस अन्तर्गत “Wi-Fi Express” द्वारा देश भर १४,००० भन्दा धरै Wi-Fi Hotspots मा Free Wi-Fi प्रदान गरिरहेको छ। साथै “2runtai” द्वारा सेवा अवरुद्ध भएको २ घण्टा भित्र सेवा पुनर्स्थापना नभएमा २ दिन इन्टरनेट सेवा निःशुल्क प्रदान गर्दछ।

NETTV fesTVty Offer
दशैं चाडबाडको पावन अवसरमा, नेपालको अग्रणी सेवा प्रदायक NETTV ले “NETTV fesTVty” दशैं अफर ल्याएको छ। यस दशैँ अफरमा NETTV ले TV र NETTV Subscription को बन्डल अफर एकदम सुपथ मुल्यमा बजारमा ल्याएको छ।



“NETTV fesTVty” अफर अन्तर्गत NETTV को सेट टप बक्स र एक वर्षको सदस्यताको साथमा उपभोक्ताले YASUDA को ३२ इन्च को YS-३२NWN मोडल LED TV वा ४३ इन्च को YS-४३NWS मोडलको Bezel -Less SMART TV खरिद गर्ने सक्नेछन् । ३२ इन्च को TV को NETTV सेट टप बक्स र एक वर्षे प्लानको मूल्य VAT सहित रु १४,९९९ रहेको छ भने ४३ इन्च TV को NETTV सेट टप बक्स र एक वर्षे प्लानको मूल्य VAT सहित रु २९,२९९ रहेको छ। दुवै प्लान मा सेट टप बक्स को डिपोजिट रु ५०० लाग्नेछ ।

NETTV Streamz+ जस्तो मनोरञ्जन प्रविधि क्षेत्रमा नौलो सेवा नेपालमै पहिलो पटक ल्याएर , NETTV नेपाल को पहिलो Google certified Android TV operator बन्न सफल भएको छ । चाडबाडको माहोलमा आफ्नो उच्च गुणस्तरीय मनोरञ्जन सेवालाई बजारमै सब भन्दा कम मूल्य मा उच्च गुणस्तरीय TV संँग उपभोक्तामाझ ल्याई “NETTV fesTVty” अफरले अफरले दशैं को माहोललाई अझै हर्षोउल्लासमय बनाउने NETTV को उद्देश्य छ।