वर्ल्डलिङ्कको नयाँ अफर: स्पिड र सर्भिसको ग्यारेन्टी नत्र पैसा फिर्ता

असार ०८, २०८०


८ असार २०८०

वर्ल्डलिंकले ग्राहकलाई गुणस्तरीय इन्टरनेट सेवा सुनिश्चित गर्न ‘स्पिड र सर्भिस ग्यारेन्टी’को सुविधा ल्याएको छ । निजी क्षेत्रको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशन्सले इन्टरनेटको स्पिड स्लो भए पैसा फिर्ता दिने आकर्षक सुविधा ल्याएको हो।

नेपाली इन्टरनेट सेवा प्रदायकहरुबीच पहिलो पटक वर्ल्डलिंकले शर्त अनुसारको सेवा ग्राहकले नपाए रकम फिर्ता गर्ने योजना ल्याएको छ। आफ्ना ग्राहकहरुलाई अब वर्ल्डलिंकको इन्टरनेट स्पिड स्लो हुँदैन भन्ने विश्वास दिलाउन रकम नै फिर्ता दिने योजना ल्याएको हो । यो समयमा जब अरु सबै कम्पनीहरु मुल्यको प्रतिस्पर्धामा रहेका छन् भने वर्ल्डलिंकले गुणस्तरिय सेवालाई प्राथमिकता दिएको छ ।

 

वर्ल्डलिंकका ७ लाख ८० हजार ग्राहकहरु रहेका छन् भने जस अन्तर्गत ‘स्ट्यान्डर्ड अफर प्याकेज’ २०० एमबीपीएस, २५० एमबीपीएस र ३०० एमबीपीएसको इन्टरनेट प्रयोग गर्ने प्रयोगकर्ताहरुले कुनै थप शुल्क बिना नै यो सेवा पाउने जानकारी गराइन्छ ।

हाललाई यी बाहेक अरु कुनै प्याकेजमा रहेका ग्राहकहरुलाई यो मनी ब्याक ग्यारेन्टीको सुविधा उपलब्ध हुनेछैन भने यदि उनीहरुले आफ्नो प्याकेजलाई अपग्रेड गरे भने मात्र मनी ब्याक ग्यारेन्टी सुविधा प्रयोग गर्न पाउँनेछन्। यो सुविधा दिनका लागि कम्पनीले थप आवश्यक प्राविधिक कर्मचारीहरु परिचालन गर्नेछ ।



 

ग्राहकको इन्टरनेट स्पिड स्लो हुने वित्तिकै रकम फिर्ता पाइहाल्ने भने होइन। स्ट्यान्डर्ड प्याकेज प्रयोगकर्ताले आफ्नो स्पिड स्लो भएको फोन मार्फत, शाखा कार्यालय वा अनलाइन सेवा बाट जानकारी गराउनु पर्नेछ।

वर्ल्डलिंकले आफ्ना प्राविधिक कर्मचारी लाई ग्राहक को ठेगाना मा ईन्टरनेट स्पीड चेक गर्न पठाउनेछ । ईन्टरनेट स्लो भएको कारण पत्ता लगाइ समस्याको समाधान गर्नेछ । तथापि स्पीडको समस्या यथावत रहेमा ग्राहकले मनी ब्याक ग्यारेन्टी सुविधा अन्तर्गत पैसा फिर्ता माग गर्न सक्ने कम्पनीले जनाएको छ । रकम फिर्ता माग गर्दा ग्राहकले प्याकेज लिएको जतिदिन बाँकी रहन्छ सो बराबरको रकम मात्र फिर्ता पाउने व्यवस्था गरेको छ। उदाहरणको लागि ९० दिनको प्याकेज लिएकोे ग्राहकले २५ दिन उपभोग गरीसकेको छ भने ६५ दिनको रकम मात्र फिर्ता पाउनेछ ।

 

इन्टरनेट स्पिड स्लो भएको ग्राहकहरुले (२०० एमबीपीएस, २५० एमबीपीएस र ३०० एमबीपीएस) यस सुविधा अन्तर्गत आफ्नो गुनासो दाबी गर्न सक्छन्। यदि इन्टरनेट स्पिड स्लो हुँदा वर्ल्डलिंकले समस्या समाधान गर्न नसकेको खण्डमा मात्र मनी ब्याक ग्यारेन्टी अफर लागु हुनेछ।