मेरो प्यारो वाइड स्पेस क्लबद्वारा आर्थिक सहयोग

फागुन ०४, २०७८


४ माघ २०७८

मेरो प्यारो वाइड स्पेस युवा क्लब, भीरकोटले स्वर्गीय कुल बहादुर खत्री (राजु)का छोरीहरुको उच्च शिक्षाको लागि आर्थिक सहयोग गरेको छ । भीरकोट नगरपालिका वडा नं ७ साउनेपानी निवासी खत्रीको गत पुस २७ गते ३५ वर्षको उमेरमा सडक दुर्घटनामा निधन भएको थियो। उहाँका दुई साना छोरीहरू छ्न् । उनीहरूको शिक्षादिक्षाको लागि क्लबले गरिमा विकास बैङ्कमा खाता खोली करिब २ लाख २३ हजार रुपैयाँ जम्मा गरेको क्लबका अध्यक्ष केशर बहादुर खत्रीले जानकारी दिनुभयो।उहाँका अनुसार जम्मा भएको रकम वैदेशिक रोजगारीमा रहेका क्लबका सदस्यहरूले पठाउनुभएको हो । उहाँका छोरीहरू स्मारिका खत्री र स्मृति खत्रीको नाममा मुद्दती खाता खोली उनीहरूको उमेर १८ वर्ष पुगेपछि मात्रै निकाल्न मिल्ने गरि बैंकमा रकम जम्मा गरिएको हो । अध्यक्ष खत्रीका अनुसार स्मारिका खत्रीको नाममा रहेको खाता नं. 01810300983605000001 र स्मृति खत्रीको नाममा रहेको खाता नं.01810300983608000001 मा प्रती व्यक्ती १ लाख ११ हजार ६ सय ४६ रुपैयाँका दरले रकम जम्मा गरिएको हो । मिलनसार र सहयोगी व्यक्तित्व स्वर्गीय खत्री पनि क्लबका सक्रिय सदस्य हुनुहुन्थ्यो ।