डा. सैयदबाट राहत पाउदा स्थानीय हर्षित

चैत ०४, २०७९


स्मार्ट संवाददाता , भीरकोट
४ चैत २०७९

चिकित्सा साथै समाजसेवी काम गरेर चर्चा कमाउन सफल भीरकोट नगरपालिका -१,बयरघारीका डा. मनोर दिन सैयदको पहलमा ५० जना स्थानीयहरुलाई खाद्यान्न सामाग्रीहरु साथै इदाराको लागि एक थान फ्रीज वितरण गरिएको छ। स्याङ्जाको भीरकोट वडा कार्यालय १ मा गरिएको उक्त वितरण कार्यक्रममा वडा अध्यक्ष दिपेन्द्र के.सी.,वडा सदस्य मोहमद मिया र समाजसेवी व्यक्तित्व नसिवदिन मिया, वडा कार्यालयका कर्मचारी सुस्मिता खाँण , अनिता खाँण लगायतका व्यक्तिहरूको उपस्थिति थियो।

परोपकार र समाजसेवाका विभिन्न कार्यक्रम लिएर देशका दुरदराजमा निरन्तर पुगिरहेका डा. सैयदबाट राहत पाउँदा आफुलाइ निकै खुशी लागेको स्थानीयहरूले बताए। सो कार्यक्रममा बोल्दै डा.सैयदले आफू समाजसेवी भावनाले जिल्ला आउने कार्यक्रम लाई तिब्रता दिने बताए। वडा अध्यक्ष दिपेन्द्र के.सी. ले डा. सैयदको परोपकारी कार्यको प्रशंसा गर्दै आगामी दिनमा पनि परोपकारी कार्य जारी राख्न आग्रह गरेका थिए।