स्मार्ट संवाददाता, भीरकोट

४ कार्तिक २०८०, शनिबार

नेपाली सेनाबाट भर्खरै सेवा निवृत्त भएका लेफ्टिनेन्ट कर्णेल मीन बहादुर गोदारले जनसेवा आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई स्टेसनरी सामाग्री प्रदान गरेका छन्। आफ्ना स्वर्गीय पिता खेम बहादुर गोदारको स्मृतिमा  उनले विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूलाई झोला, कापी र कलम प्रदान गरेका हुन्।

उनका पिता स्वर्गीय खेम बहादुर  गोदार विद्यालय स्थापना कालदेखि लामो समयसम्म विद्यालय व्यवस्थापन समितिको अध्यक्षको जिम्मेवारी सम्हालेका थिए। विजया दशमीको अवसरमा शुभकामना आदानप्रदान र चियापान समारोहकाबिच गोदारले स्टेसनरी सामान प्रदान गरेका हुन्।

कार्यक्रममा शुभकामना व्यक्त गर्दै वडा नं ६ का अध्यक्ष लक्ष्मण खत्री क्षेत्रीले मीन बहादुरको मनकारी व्यवहारको प्रशंसा गर्दै सामुदायिक विद्यालयको शैक्षिक र भौतिक विकासमा सबै लाग्नुपर्ने बताए।

विद्यार्थीहरूलाई स्टेसनरी सामाग्री र शुभकामना  प्रदान गर्दै गोदारले आफ्नो समुदायको विकासका लागि सबैले सक्दो पहल गर्नुपर्ने बताए। केही समय उक्त विद्यालयमा अध्यापन गरेको स्मरण गर्दै उनले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि शिक्षक, अभिभावकले विशेष ध्यान दिनुपर्ने कुरामा जोड दिएका थिए ।कार्यक्रममा शिक्षक, विद्यार्थी ,स्थानीय जनसमुदायको सहभागिता रहेको थियो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खेम बहादुर थापाले गोदारलाई धन्यवाद व्यक्त गर्दै दशैंको अवसरमा उनले प्रदान गरेको शैक्षिक उपहारले विद्यार्थीलाई थप खुशी बनएको बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here