वालिङ २ ले तयार पारेको प्रतिवद्धतापत्र सहित उमेद्धवार घर दैलोमा

बैशाख १६, २०७९


स्मार्ट अखबार संवाददाता
१६ बैशाख २०७९,स्याङ्जा



आसन्न बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा आफ्नो पोल्टोमा नतिजा पार्न वडा नं २ का एमाले निकटका उम्मेदवारहरु घर दैलोमा व्यस्त रहेका छन् । वडा नं २ का अध्यक्ष पदका उम्मेदवार स्थानेश्वर रेग्मी, त्यस्तै महिला सदस्य मैना कोइराला, दलित महिला सदस्य सुनिता नेपाली, खुला पदका उमेद्धवार टिकाराम नेपाली र तोयनारायण काफ्ले चुनावी मैदानमा उत्रदै घर दैलोमा व्यस्त रहन थालेका हुन । उनिहरुले आफ्ना पार्टीका घोषणा पत्र र वडा नं २ को ५ बर्षे प्रतिवद्धता पत्र सहित घर घरमा पुग्न थालेका हुन।



वडा नं २ का एमाले निकट वडा अध्यक्षका उम्मेदवार स्थानेश्वर रेग्मीका अनुसार पहिलो चरणको घर दैलो कार्यक्रम एक चरण सकिएको छ। उहाँका अनुसार आफ्नो प्रतिवद्धता पत्र त्यहाँका स्थानियले प्रतिद्धन्दि पार्टीको भन्दा राम्रो मानेको र वडा नं २ बासीको हक हितको निम्ति तयार भएको भन्दै आम मतदाता आफु संग खुसी भएको समेत रेग्मीको भनाइ छ । प्रारम्भिक घर दैलो कार्यक्रम गर्दा विगतको तुलनामा आफ्ना मतदाता संख्या बृद्धी भएको र जनमुखी प्रतिबद्धता पत्र बनाएकै कारण आम मतदाता एमाले पार्टीमा मतदान गर्न अतुर भएको रेग्मीको भनाइ छ ।

 

रेग्मीका अनुसार वडा नं २ भित्र २५ बर्ष वडा कमिटि चलाएका घनश्याम काफ्ले लगाएत अन्य पार्टीका शुभचिन्तकहरुले निर्विरोध उम्मेदवार उठाउनु पनि जितको अर्को संकेत रहेको छ । रेग्मी संग लामो समय सम्म पार्टीमा काम गरेकोले स्थानीय सामु लोकप्रिय नेता समेत हुन । उनी वडा नं २ का पुराना व्यपारी समेत हुन ।