महिलाहरुको सक्रियताले दीगो आर्थिक प्रगती सम्भवः अध्यक्ष गैह्रे

मङि्सर ०९, २०७७


वालिङ
दियालो संस्थाका अध्यक्ष कविता गैह्रेले महिलाहरुको सक्रियताले मात्रै छिटो र दीगो आर्थिक प्रगती सम्भव रहेको बताउनु भएको छ । वालिङ नगरपालिका वडा नम्वर १३ उदियाचौरमा तरकारीको नर्सरी अनुगमन पछि आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष गैह्रेले महिलाहरुको सक्रियता बिना छिटो प्रगती असम्भव भएको बताउनु भएको हो ।
वालिङ नगरपालिका र संयुक्त राष्ट्रसंघीय बिकास कार्यक्रम (युएनडिपी) को आर्थिक सहयोग तथा दियालो संस्थाको व्यवस्थापनमा वालिङमा सञ्चालित “कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य परियोजना” अन्तर्गत स्थानीय सिर्जनशील कृषक समुहको सक्रियतामा नर्सरीको स्थापना गरिएको हो ।
कार्यक्रममा स्थानीय समाजसेवी चण्डी प्रसाद पाठक, दियालो संस्थाका सचिव सीता गैह्रे गौडेल,कोषाध्यक्ष सीता डुम्रे, दियालो युएनडिपीका कार्यक्रम प्रमख राधाकृष्ण डुम्रे, शिक्षक उद्धव प्रसाद पाठक,कमला पाण्डे पाठक लगायतले बोलेका थिए ।
कार्यक्रममा दियालो संस्थाका तर्फबाट सिर्जनशिल महिला समुहका सदस्यहरुका लागि डस्टविन,कुचो लगायतका सामाग्री समेत हस्तान्तरण गरिएको दियालो संस्थाका सहसचिव सीता गैह्रेले जा नकारी दिनुभयो ।